Monday, April 9, 2012

घूस लिएका मन्त्रीका पीए धरौटीमा छुटे

प्रेस विज्ञप्ति नं. ७१ \

विशेष अदालत काठमाडौं
इजलास
अध्यक्ष माननीय न्यायाधीश श्री गौरी बहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
थुनछेक आदेश

मुद्दाः घूस रिसवत लिई भ्रष्टाचार गरेको । ।

२०६८ सालको फौ।नं। ९३-०६८-००१२०
यो मुद्दा दायर मिति २०६८।१२।२६
आदेश मितिः २०६८ चैत्र २७ गते
अख्तियार दुरुपयोग अनुसन्ध्ाान आयोगको तर्पुबाट अनुसन्धान अधिकृत लालमणि आचार्यको प्रतिवेदनले नेपाल सरकार वादी
विरुद्ध
सिरहा जिल्ला भगवतीपुर तामासुइया गाविस ८ कर्मनिया बस्ने वन तथा भूसंरक्षण राज्य मन्त्री लक्ष्मण महताको उप स्वकीय सचिव नागेन्द्र प्रसाद यादव प्रतिवादी

बहस गर्ने वकीलहरुः
नेपाल सरकारका तर्पुबाट महान्यायाधिवक्ताको कार्यालयका उप न्यायाधिवक्ता श्री तेजनारायण पौडल र शाखा अधिकृत श्री पुण्यप्रसाद सापकोटा ।
प्रतिवादी पक्षबाटः
अधिवक्ता श्री अच्युतम कुमार ढकाल ।

संक्षिप्त तथ्यः
मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्जमा पहिल्यै अधिकरण भएको जग्गाको ७७ घर परिवारको क्षतिपूर्ति दिन बाँकी रहेकोमा वन तथा भूसंरक्षण मन्त्रालयमा रकम निकासा भइसकेकोमा भूक्तानी दिन राज्य मन्त्रीबाट सदर गराउन प्रति परिवार रु।३५००। घूस मागेको । उजुरवाला खड्गबहादुर शाही मुगु श्रीकोटले फोनमा घूसवारे कुराकानी गरेको वार्तालाप रेकर्ड गरेको । अख्तियार दु अ आ बाट प्रमाणित नगद नोट काठमाडौं िसंहदरबार पूर्व हनुमान थान नजिक पिस प्वाइन्ट क्याफेमा घूस रु ५० हजार नगद दिँदा दिँदै वरामद र पक्राउ गरेको भिडियो समेत खिचेको ।
प्रतिवादीले राज्य मन्त्रीको लागि मागेको होइन आपुनो सापट दिएको रुपैयाँ फिर्ता माग्दा झूटो बारदात बनाई फसाएको भनी बयान गरी घूस खाएको मागेको होइन भनी इन्कारी बयान गरेका ।


आदेशः

यसमा आज अदालतमा उपस्थित भई बयान गर्ने प्रतिवादी नागेन्द्र प्रसाद यादवको बयान कार्य सम्पन्न भई निजले गरेको बयान तथा मिसिल संलग्न कागजातको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल शा।अ। श्री पुण्य प्रसाद सापकोटाले र प्रतिवादीको तर्फबाट विद्धान अधिवक्ता अचुतम कुमार ढकालले गर्नुभएको बहस समेत सुनियो ।
मुगु जिल्ला शेरी गा।वि।स। वडा नं। २ का ७७ घर धुरीको जग्गा रारा राष्ट्रिय निकुन्जले अधिग्रहण गरेको हुँदा उक्त जग्गाको मुअब्जा माग भै अर्थ मन्त्रालयबाट बन मन्त्रालयमा बजेट निकासा गराउने भनी प्रतिवादीले रु।५००००।- पचास हजार घुस लिएको अवस्थामा पक्राउ परेकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३१ ख बमोजिम सजायँ गरी पाउँ भन्ने अभियोग मागदावी भएकोमा थुनछेक तर्फ विचार गर्दा उजुरकर्ता खड्ग बहादुर शाहीले म बाट लिएको सापटी रकम रु।५००००।- पचास हजार फिर्ता गर्न बोलाएकोले लिन गएकोमा सोही रकम टेवुलमा राखी गएकोमा मैले लिएको र तत्कालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी आई मलाई हिरासतमा लिएका हुन् भनी आरोपित कसूरमा इन्कारी रही प्रतिवादीले अधिकारप्राप्त अधिकारी र यस अदालत समक्ष बायन गरेको भएपनि निजको सँग साथबाट उक्त आयोगद्धारा प्रमाणित गरिएको रु।५००००।- पचास हजार का नोट बरामद भएकोमा विवाद छैन । उक्त रकम सापटी फिर्ता वापत लिएको हो भनी प्रतिवादीले बयान गरे पनि उजुरवालाको उजुरी बरामदी मुचुल्का र पेश भएको रेकर्डेड सि।डी। समेतको अध्ययनबाट बरामद रकम प्रतिवादीले रिसवत वापत लिएको कुरा समर्थित भै रहेकोले वुझ्दै जाँदा प्राप्त प्रमाणबाट ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीले रु।५००००।- पचास हजार नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राखी र सो दिन नसकेमा कानून बमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन २०५९ को दफा ७ घ अनुसार यो आदेश गरीदिएको छ ।
आरोपपत्रका साथ दाखिल भै आएको नगद रु।५००००।- पचास हजार आयोगलाई माग अनुसार फिर्ता दिनु । साथै वादी पक्षका साक्षी शरीर तलाशी वरामदी मुचुल्काका मानिस र प्रतिवेदकका साथै एकै मिति मिलान गरी प्रतिवादीको साक्षी समेत बुझ्न कानून बमोजिम गरी पेश गर्नु ।

सदस्य अध्यक्ष
ईति सम्वत् २०६८ साल चैत्र २७ गते रोज २ शुभम् ………………………………………




No comments:

Post a Comment