Thursday, April 5, 2012

पौडेल हत्याको छानबिन गर्न समिति, पीडित परिवारलाई १० लाख राहत

काठमाडौं, २३ चैत- सरकारले झापाका पत्रकार यादव पौडेलको हत्याको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले हत्या छानबिन गर्न समिति गठन गरी पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
पुनका अनुसार मन्त्रिपरिषदले गृह मन्त्रालयले अध्यक्ष र सदस्य तोक्ने गरी छानबिन समिति गठन गरेको हो । मन्त्रिपरिषदले पौडेलको निर्मम हत्या भएकामा दुःख प्रकट गर्दै दोषीमाथि कडा कारबाही गर्न झापा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
सरकारले सेना समायोजनका क्रममा स्वेच्छिक अवकासमा जाने लडाकुलाई आवश्यक १ अर्ब रुपैयाँ शान्ति मन्त्रालयलाई उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले छनौटको मौका िदंदा माओवादी लडाकुका ९ हजार ७ सय ५ जनाले समायोजन रोजेका छन् । त्यसमध्ये ६ हजार ५ सय जनालाई मात्र सेनामा समायोजन गर्ने दलहरुबीच सहमति भएकाले बाँकीलाई स्वेच्छिक अवकास दिन सरकारले १ अर्ब रुपैयाँ रकम व्यवस्था गरेको हो । पुनले विशेष समितिको सचिवालयले स्वेच्छिक अवकासका लागि २ अर्ब रुपैयाँ माग गरे पनि १ अर्बले पुग्ने अनुमान गरी त्यति रकम दिने निर्णय भएको जानकारी दिए ।
सरकारले पूर्वमन्त्री सिद्धराज ओझा लोकसेवा आयोगका सदस्य टिकादत्त निरौला र पत्रकार गोपाल थपलियाको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । स्व। नमनारायण झाको उपचारमा लागेको खर्चसमेत सरकारले बेहोर्ने भएको छ ।
सरकारले मुस्लिम धर्मावलम्बी र बादी समुदायको उत्थानका लागि राष्ट्रिय मुस्लिम आयोग र वादी विकास समिति गठन गर्ने निर्णय गरेको छ । सरकारले गोरखाका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मार्फत् राहत दिने निर्णयसमेत गरेको छ ।
सयको नोटमा बुद्ध
लुम्बिनी भ्रमण वर्ष र गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रचारप्रसार गर्न सरकारले नयाँ एक सयको नोटमा ुलर्ड बुद्ध बर्न इन नेपालु बुद्ध नेपालमा जन्मेका हुन् भन्ने उल्लेख गर्ने भएको छ ।
सेनामा बढुवा
सरकारले नेपाली सेनामा दुई जनाको बढुवा गरेको छ । मन्त्रिपरिषदले सेनाको रिक्त उपरथीमा प्रेमप्रकाश थापा र सहायक रथीमा दीपक कार्कीलाई बढुवा गरेको छ ।

No comments:

Post a Comment