Sunday, April 8, 2012

राष्ट्रबैंकका नवनियुक्त साचालकद्वारा सपथ

काठमाडौं, २६ चैत- नेपाल राष्ट्रबैंकका नवनियुक्त साचालकद्वय श्रीराम पौडेल र रामहरि अर्यालले आइतबार सपथ लिएका छन् । प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो कार्यकक्षमा दुवै जनालाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
मन्त्रिपरिषदको चैत १६ मा बसेको बैठकले उनीहरुलाई राष्ट्रबैंकको साचालकमा नियुक्त गरेको थियो । उनीहरुको कार्यकाल ५ वर्षको हुनेछ । पौडेल यसअघि अर्थमन्त्रालयको सल्लाहकार र अर्याल सरकारी सेवाबाट अवकासप्राप्त सचिव हुन् ।

No comments:

Post a Comment