Sunday, April 8, 2012

एनआईटीएफमा तीन उपाध्यक्ष मनोनीत

काठमाडौं, २६ चैत्र- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ एनआईटीएफ को केन्द्रीय समितिले उपाध्यक्षमा ओमकार बुढामगर, छायाचन्द्र भण्डारी र अाजन धमलालाई मनोनीत गरेको छ । महासंघको अधिवेशनले केन्द्रीय नेतृत्व चयन गरेको भोलिपल्ट नवनिर्वाचित अध्यक्ष कुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले विधानबमोजिम तीन जनालाई उपाध्यक्ष मनोनीत गरेको हो ।
यसअघि बुढामगर महासंघमा महासचिव, भण्डारी र धमला केन्द्रीय सदस्य थिए । महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीहरुका लागि कल्याण कोष स्थापना गरेको छ । अधिवेशनकै दिन शनिबार कोषमा डेढ लाख रुपैयाँ उठिसकेको जानकारी महासंघका पदाधिकारीले दिए । ती पदाधिकारीका अनुसार तेक्वान्दोका खेलाडी बिरामी घाइते र दुर्घटनामा पर्दा कोषबाट आर्थिक सहयोग गरिने र यसमा रकम बढाउँदै लगिनेछ ।

No comments:

Post a Comment