Friday, April 6, 2012

कांग्रेसद्वारा राजधानीमा व्यापक जनप्रदर्शन गर्ने घोषणा

काठमाडौं, २४ चैत- नेपाली कांग्रेसले तत्काल शान्ति प्रकि्रया टुंग्याई समयमै संविधान निर्माण संविधान निर्माणका लागि दबाब दिन आइतबार राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने घोषण गरेको छ । घोषित कार्यक्रमअनुसार कांग्रेसले राजधानीको रत्नपार्कस्थित स्व। गणेशमान िसंहको शालिकमा माल्यार्पण गरी जुलुस सुरु गर्ने र वसन्तपुरमा पुगेर आमसभा गर्नेछ ।
काठमाडौं कांग्रेसले संविधानसभाको म्याद ५२ दिन रहँदा सबभन्दा ठूलो दल माओवादीको नेतृत्व जिम्मेवार नभएकै कारण शान्ति प्रकि्रया र संविधान निर्माण कार्य दुवै अनिश्चित बनेको उल्लेख गर्दै जनआन्दोलन दिवस चैत २६ मा केन्द्रीय नेताहरुको नेतृत्वमा राजधानीमा बृहत् जनप्रदर्शन र आमसभा गर्ने घोषणा गरेको हो ।
पार्टीका तर्फबाट काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले शुक्रबार वक्तव्य जारी गरी माओवादीले विभिन्न समयमा गरेका सहमति र सम्झौता उल्लंघन गरी नयाँ शर्त राख्दै शान्ति प्रकि्रया र संविधान निर्माणमा अवरोध सिर्जना गरेको उल्लेख गर्दै शान्ति र संविधानका लागि व्यापक जनदबाब सिर्जना गर्न कार्यक्रम घोषणा गरिएको उल्लेख गरेका छन् ।
कांग्रेसले समयमै शान्ति र संविधान निर्माण गर्न तथा बढ्दो हत्या असुरक्षा दण्डहीनता भ्रष्टाचार महँगी र राज्य आतंंक बन्द गर्नका लागि हुने लोकतन्त्रवादीहरुको जनशक्ति प्रदर्शनमा सहभागी हुन आम नागरिक समाज र पार्टी नेता कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ । बृहत जुलुस प्रदर्शन र आमसभाको नेतृत्व कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान िसंह, नरहरि आचार्यलगायतका नेताले गर्ने जानकारी पार्टीले दिएको छ ।

No comments:

Post a Comment