Friday, April 6, 2012

राष्ट्रिय गौरवका दुवै िसंचाइ आयोजना नेतृत्वविहीन

मन्त्री र सचिवबीचको असमझदारीले छ सहसचिव जगेडामा, छवटा कार्यालय प्रमुखविहीन
काठमाडौं, २४ चैत- िसंचाइमन्त्री महेन्द्र यादव र सचिव वृन्दा हाडाबीचको असमझदारीका कारण सरकारद्वारा राष्ट्रिय गौरवका परियोजना घोषित दुई ठूला िसंचाइ आयोजना लामो समयदेखि नेतृत्वविहीन भएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले गत माघमा आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८ सार्वजनिक गर्दा घोषित १७ वटा राष्ट्रिय गौरवका परियोजनामध्येका सिक्टा र रानी जमरा िसंचाइ आयोजना मन्त्री र सचिवबीच समन्वय हुन नसक्ता नयाँ प्रमुख तोकिन नसकेकाले नेतृत्वविहीन हुन पुगेका हुन् ।
सिक्टा िसंचाइ आयोजनाका कायममुकायम प्रमुख दिलीप कार्की सहसचिवमा बढुवा भई मन्त्रालयमा फिर्ता भइसकेको र रानी जमरा िसंचाइ आयोजनाका प्रमुख अवदेश झाको कायममुकायमको अवधि तीन महिनाअघि नै सकिए पनि दुवै परियोजनामा नयाँ प्रमुख तोकिएको छैन । रानीजमरा आयोजनामा कायममुकायम प्रमुखको छमहिने अवधि सकिएपछि झा नै निमित्त प्रमुख छन् भने सिक्टामा पनि श्याम कार्की निमित्त प्रमुख छन् ।
कन्फर्म या कायममुकायम प्रमुखले ठेक्का आह्वान स्वीकृतिलगायतका कानुनले तोकेका सबै अधिकार प्रयोग गर्न पाउँछन् तर निमित्त प्रमुखले दैनिक प्रशासन चलाउनेबाहेक कुनै अधिकार प्रयोग गर्न नपाउने भएकाले दुवै आयोजनाको कामकारबाहीमा नकारात्मक असर परिरहेको छ ।
राष्ट्रिय गौरवका परियोजना भन्ने तर आयोजना प्रमुख भने समयमै नपठाउने सरकारी प्रवृत्तिका कारण कारण ठूला भौतिक पूर्वाधारको विकासमा सरकारको प्रतिबद्धता ओठेभक्तिमात्र रहेको प्रमाणित हुने िसंचाइका अधिकारी बताउँछन् ।
आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८ मा राष्ट्रिय गौरवका परियोजनामा राखी सक्टा िसंचाइ आयोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई निरन्तरता दिने र रानी जमरा िसंचाइ आयोजनाको निर्माण कार्यमा तिव्रता दिइने उल्लेख छ ।
िसंचाइमा राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच समन्वय हुन नसक्ता झन्डै एक वर्षअघि सरुवा भएका र भदौदेखि माघ महिनामा बढुवा भएका छ जना सहसचिवको पदस्थापना हुन सकेको छैन । सहसचिव तहका त्यति ठूलो संख्याका अनुभवी अधिकारी कामविहीनमात्र छैनन् कि बस्ने कुर्चीसमेत नपाएर मन्त्रालयको बरण्डामा दिनभर समय गुजार्न बाध्य छन् ।
बरण्डामा बस्न बाध्य पारिएका सहसचिवहरुमा महेन्द्र गुरुङ, महाजन यादव, मथुरा डंगोल, प्रकाश पौडेल, राजेन्द्र अधिकारी र दिलीप कार्की छन् । विद्युत् विकास विभागको महानिर्देशकबाट िसंचाइ मन्त्रालयमा फर्काइएका वरिष्ठ सहसचिव गुरुङलाई ८ महिनादेखि र अर्का वरिष्ठ सहसचिव पौडेललाई एक वर्षदेखि दायित्वविहीन बनाएर जगेडामा राखिएको छ ।
जबकि सहसचिव प्रमुख हुने कार्यालयहरु िसंचाइको क्षेत्रीय कार्यालय सुदूर पश्चिम र मध्यमााचल, सिक्टा र रानी जमरा िसंचाइ आयोजना नेतृत्वविहीन छन् । िसंचाइको मध्यपश्चिमका क्षेत्रीय निर्देशक माधव बेल्बासेलाई भेरी-बबई डाइभस्रन आयोजनाको प्रमुखको समेत जिम्मेवारी दिइएको छ । जबकि ती दुवै छुट्टाछुट्टै सहसचिव प्रमुख रहने कार्यालय हुन् ।

No comments:

Post a Comment