Thursday, November 20, 2014

बढी भीडभाड हुने कार्यालयहरूले पुस १ देखि १२ घन्टा सेवा प्रवाह गर्ने

काठमाडौं, ४ मंसिर– सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायातजस्ता निकायहरूमा हुने ढिलासुस्ती नियन्त्रण गरी आगामी पुस १ देखि आमजनतालाई बिहान ६ देखि सा“झ ६ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आमजनतामा प्रत्यÔ सेवा प्रवाह गर्ने कार्यालयहरूबाट पुस १ देखि दैनिक १२ घन्टा काम सुचारु गरी आमजनतालाई छिटोछरितो सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालयहरू निर्देशन दिने निर्णय गरेको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
पूर्वसचिव कृष्ण्ँहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा मन्त्रिपरिषदले बढी भीडभाड हुने सबै कार्यालयहरूलाई दैनिक दुई सिफ्टमा सञ्चालन गरी आमजनतालाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

आमजनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायहरूमा हुने ढिलासुस्ती नियन्त्रण गरी छिटोछरितो सेवा प्रवाह गर्न पुस १ देखि दिनको दुई सिङ्खट बिहान ६ देखि १ बजेसम्म तथा दिउ“सो १ देखि सा“झ ६ बजेसम्म कार्यालयहरू सुचारु राखिनेछ ।
सम्बन्धित मन्त्रालयहरूले बढी भीडभाड हुने निकायहरूमा दैनिक दुई सिफ्ट चलाउन जनशक्तिलगायतको आवश्यक व्यवस्था गर्ने र मंसिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गरी पुस १ देखि दैनिक १२ घन्टा सेवा दिन थाल्नेछन् । ‘जनताको काम एकै दिनमा होस् भनेर सामान्य प्रशासन मन्त्रालयले बढी भीडभाड हुने कार्यालयहरूले दैनिक १२ घन्टा सेवा प्रवाह गर्ने प्रस्ताव लगेको हो, त्यसलाई मन्त्रिपरिÈदले स्वीकृत गरेको छ’ पण्डितले भने ।
उनका अनुसार बढी भीडभाड हुने राहदानी, मालपोत, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानी महसुल बुझ्ने तथा कर लिने कार्यालयहरूमा सेवा प्रवाहको समयावधि पुस १ देखि बढ्नेछ ।
अब प्रहरीलाई सोझै रासनभत्ता
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षकदेखि जवानसम्म सबैलाई सोझै रासनभत्ता दिने निर्णय गरेको छ । ठेक्कामा रासनभत्ता दिंदा अनियमिता हुने गरेको र ठेकेदारले समेत लापर्बाही गर्ने कारण मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा सिधै सबैलाई भत्ता दिने निर्णय गरेको हो । सम्बन्धित ठाउ“का प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले स्थानीय बजार भाउअनुसार प्रहरीको रासनभत्ताको रकम निर्धारण गर्ने प्रचलन छ ।
व्याकुल माइलालाई मासिक २५ हजार
सरकारले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजीवन मासिक २५ हजार रुपैया“ भत्ता दिने निणर््ँय गरेको छ । व्याकुल माइलाले आफूलाई दैनिक खर्च चलाउन कठिन हु“दै आएको गुनासो गर्दै आएका थिए । राष्ट्रिय गानका रचयिता माइलालाई सम्मानस्वरूप दैनिक गुजारा चलाउन मासिक भत्ता दिने निर्णय भएको जानकारी एक मन्त्रीले दिए ।
तीन जना सचिव (विशिष्ट श्रेणी) मा बढुवा
मन्त्रिपरिषदले न्याय सेवा आयोगको सिफारिसमा कानुन समूहका सहसचिव रञ्जनकृष्ण्ँ अर्याललाई सचिवमा, वकालत समूहका सहन्यायाधिवक्ताद्वय राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतमलाई विशिष्ट श्रेण्ँी (नायव महान्यायाधिवक्ता) मा बढुवा गरेको छ । अर्याललाई कानुन आयोगको सचिवमा, सुवेदी र गौतमलाई महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापना गरिएको छ ।
जिउ“दै जलाइएका दुई महिलालाई १/१ लाख
सरकारले दाइजोको नाममा जिउ“दै जलाइएका रिहानारोश धपाली र चन्द्रचन्दन सलवानीलाई राहतस्वरूप एक÷एक लाख प्रदान गर्ने निणर््ँय गरेको छ ।
आवास कम्पनीमा चौधरी नियुक्त
सरकारले सहरी विकास मन्त्रालय मातहतको राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यÔमा मोहन चौधरीलाई नियुक्त गरेको छ । सरकारले भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजक समितिलाई १० लाख रुपैया“ सहयोग गर्ने निणर््ँयसमेत गरेको छ ।


No comments:

Post a Comment