Friday, November 7, 2014

विवादास्पद सहसचिवलाई चोर बाटोबाट अर्थमा काज सरुवा

काठमाडौं, २१ कात्तिक– अर्थमन्त्री रामशरण महतले अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर विवादास्पद सहसचिव भरत सुवेदीलाई ‘चोर बाटो’ बाट काज सरुवा गरी अर्थमन्त्रालयमा ल्याएका छन् । महतले सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभाग राजस्व अनुसन्धानमा उपमहानिर्देशकको जिम्मेवारी दिन अर्थमा ल्याएको जानकारी स्रोतले दिएका छन् ।
पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न सरकारले पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत अर्थमन्त्रीले पीआरवाला सहसचिवलाई आकर्षक ठाउ“मा लगेर पुरस्कृत गरेका हुन् ।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले मात्र सहसचिवहरूलाई सरुवा र काजमा पठाउने निर्णय गर्ने कानुनी व्यवस्थालाई मिचेर महतले सुवेदीलाई चोर बाटोबाट काजमा ल्याएका हुन् । आर्थिक मामिलामा चर्को विवादमा परेका सुवेदीलाई अर्थमा लगेर राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिन खोज्नुले अर्थमन्त्रीको नियतमाथि प्रश्न उठेको सरकारी अधिकारी बताउ“छन् ।
६ महिनाअघि उपसचिवबाट सहसचिव बढुवा भएका सुवेदी मन्त्रिपरिषदले श्रम मन्त्रालयअन्तर्गतको सीप विकास केन्द्रमा सरुवा गरे पनि पत्र नबुझी बसेका थिए । अर्थमन्त्रीले आफूलाई श्रमबाट अर्थमा काजमा ल्याउने तारतम्य मिलाएपछिमात्र सुवेदी हालै सीप विकास केन्द्रमा हाजिर हुन गएका थिए । 
महतले कानुन मिचेर सुवेदीलाई अर्थमा ल्याउन घुमाउरो बाटो अख्तियार गरेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार अर्थमन्त्रीको निर्देशनमा राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरेले ‘राजस्वका विज्ञ र अनुभवी सुवेदी आफ्नो विभागमा उपमहानिर्देशक भएर आए काम गर्न सजिलो हुने भन्दै उनलाई पठाइदिन’ अर्थमन्त्रालयलाई लिखित अनुरोध गरेका थिए ।
अर्थमन्त्रीले घिमिरेको अनुरोधलाई आधार बनाएर सुवेदीलाई राजस्व अनुसन्धान विभागमा राख्न माग भई आएकाले उनलाई काजमा पठाइदिन श्रममन्त्री टेकबहादुर गुरुङलाई लिखित आग्रह गरेका थिए । श्रममन्त्रीले अर्थमन्त्रालयबाट माग भई आएकाले सुवेदीलाई काजमा पठाइएको भनेर पत्र दिएका छन् । सोही पत्रका आधारमा सुवेदी अर्थमा हाजिर भइसकेका छन् । महत यसअघि अर्थमन्त्री हु“दा पनि सुवेदी अर्थमन्त्रालयमातहतको आकर्षक ठाउ“मा पुरस्कृत हु“दै आएका थिए ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने सहसचिव सुवेदीको अर्थमन्त्रालयमा काज सरुवा भएकोबारेमा आफूलाई थाहा नभएको बताए । ‘कानुनअनुसार सहसचिवहरूको सरुवा र काज मैले (सामान्य प्रशासनमन्त्रीले) मन्त्रिपरिषदमा प्रस्ताव नलगी निर्णय गर्न मिल्दैन’ पण्डितले भने– ‘जहा“सम्म सुवेदीको काज सरुवा भएको भन्ने कुरा छ, त्यसबारेमा मलाई केही थाहा छैन ।’ उनले सुवेदीलाई अर्थमा काज सरुवा गरी लगिएको हो भने त्यो गैरकानुनी भएको बताए ।
सुवेदी बढुवा हुनासाथ मन्त्रिपरिषदबाट अर्थमन्त्रीले सुवेदीलाई आफ्नो मन्त्रालयमा लान प्रस्ताव गरेका थिए । सामान्य प्रशासनमन्त्री पण्डितले पीआरवाला सुवेदीलाई महत्वपूर्ण मन्त्रालयमा लान नदिने अडान लिएपछि उनी र अर्थमन्त्रीबीच भनाभनसमेत भएको थियो ।

No comments:

Post a Comment