Monday, November 10, 2014

पञ्जाधिकारी विभाग स्थापना

काठमाडौं, २४ कात्तिक– सरकारले स्थानीय विकास मन्त्रालयमातहतमा पञ्जिकाधिकारी विभाग स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको प्रस्तावमा विभाग स्थापनाको निर्णय गरेको हो ।
विभागलाई ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवनमा राखिनेछ । विभागमा महानिर्देशकसहित ३१ जना कर्मचारी रहनेछन् । महानिर्देशक तोकिएपछि विभागले औपचारिक रूपमा काम सुरु गर्नेछ । महानिर्देशक र कर्मचारी खटाउने कार्य स्थानीय विकास मन्त्रालयले गर्नेछ । 

नया“ विभागले गाविस र नगरपालिकाहरूले गर्दै आएको जन्म, मृत्यु, बसाइ“सराइ“ दर्ताको रेकर्ड राख्ने कार्यलाई व्यवस्थित बनाई देशभरको एकीकृत तथ्यांक राख्ने कार्य गर्नेछ । यसका अलावा गाविस र नगरपालिकाबाट हुने सामाजिक सुरक्षा भत्ता वितरणको अनुगमन, नियमन र सहजीकरण कामसमेत गर्नेछ ।

No comments:

Post a Comment