Sunday, November 2, 2014

अख्तियारद्वारा निर्देशकसहित १२ जना पक्राउ, दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका निर्देशकसहित १२ जनालाई हिरासतमा लिनुका साथै मालपोत कार्यालय, कलंकीका नायव सुब्बा र कृषि अनुसन्धान परिषदका लेखा अधिकृतविरुद्ध आइतबार  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका निर्देशक डा. श्यामराज उप्रेतीसहित १२ जनाले नक्कली कागजात पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको खुल्न आएकाले उनीहरूलाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ । उक्त अनियमिततामा संलग्न तत्कालीन निर्देशक डा. तारानाथ पोखरेल र लेखा अधिकृत तेजप्रकाश प्रसाईं भने फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले उल्लेख गरेको छ ।
युनिसेफ, विश्व स्वास्थ्य संगठन र सरकारबाट प्राप्त सहयोग रकमबाट स्वास्थ्य सेवा विभागमातहतको बाल स्वास्थ्य महाशाखाले बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रम देशव्यापी सञ्चालन गर्ने क्रममा उप्रेतीसहितका कर्मचारीहरूले भ्रष्टाचार गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले उडान नै नगरी हवाई सेवा प्रयोग गरेको भनी नक्कली इ–टिकट पेस गरेको, फोटोकपी मेसिन नै नभएको पसलमा फोटोकपी गरेको भनी बिल पेस गरेको, हल नै नभएको ठाउ“मा कार्यक्रम गरेको भनी हल भाडा लिएको, नकिनेका सामान र स्टेसनरीको बिल पेस गरेको, विभिन्न ठाउ“का होटलहरूको बिलमा एकै व्यक्तिले विवरण भरेको, पेश्की फछ्र्यौटका लागि खाली बिल पेस गरेको पाइएकोसमेत उल्लेख गरेको छ । 
उप्रेतीसहितले त्यसरी नक्कली विवरण पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेकाले उनीहरू पदमा बहाल रहिह“दा प्रमाण लोप गर्न सक्ने भएकाले उनीहरूलाई आइतबार नै हिरासतमा लिई थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद मातहतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठ चितवनमा गाई फार्म निर्माण्ँ गर्ने ठेकेदारस“ग घुस लिएकाले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनी ठेकेदारस“ग लिएको २ लाख ५ हजार रुपैया“सहित रंगेहात पक्राउ परेका थिए । अख्तियारले उनलाई घुस लिएको रकमलाई बिगो कायम गरी सोही बराबर थप जरिवाना र जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
मालपोत कार्यालय कलंकीका नासु धरेन्द्रनारायण पौडेलले राजधानीको कुलेश्वरस्थित कित्ता नं. ४९ को जग्गा हालसाविक गर्ने क्रममा ५० हजार रुपैया“ घुस लिई भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । पौडेल पनि सेवाग्राहीस“ग घुस लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । पौडेललाई ५० हजार रुपैया“ विगो कायम गरी सजाय दिन मागदाबी गरिएको छ ।

No comments:

Post a Comment