Sunday, November 9, 2014

मुगुका असिना पीडितलाई राहत दिन निर्देशन

काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिनाबाट अन्न तथा तरकारी बाली नष्ट भई पीडित हुन पुगेका किसानलाई उचित राहत दिन अर्थमन्त्री रामशरण महतलाई निर्देशन दिएका छन् ।
मुगु कांग्रेसका नेता खड्गबहादुर शाहीको नेतृृत्वमा आएको मुगको सर्वदलीय प्रमण्डलको माग सुनेपछि कोइरालाले अर्थमन्त्री महतलाई तत्कालै फोन गरी पीडित किसानलाई राहत दिन निर्देशन दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
प्रमण्डलले गत कात्तिक ८ मा परेको असिनापानीले मुगुका श्रीकोट, सेरी, गम्था, कोटडा“डा, कार्कीडा“डा, श्रीनगर खमाले गाविसमा पाकिसकेको धान, कोदो, मकै तथा भटमास र सिमीलगायतका तरकारी बाली गरी झन्डै १३ करोड ५० लाख ६५ हजार बराबर रुपैया“को क्षति भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

प्रमण्डलले खत्याड भेगका चार गाविसलाई पायक पर्ने श्रीकोट खाद्य डिपोलाई पुनःस्थापना गरी सञ्चालनमा ल्याउन, खाद्यान्न हेलिकोप्टरमा ढुवानी गर्ने व्यवस्था मिलाउन, ढुवानीमा अनुदान दिन र अति प्रभावित क्षेत्रलाई क्षतिग्रस्त क्षेत्र घोषणा गर्नसमेत सरकारसित माग राखेको छ ।

No comments:

Post a Comment