Saturday, November 29, 2014

मालपोत अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १३ मंसिर– विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गर्ने तत्कालीन मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित ६ जनालाई भ्रष्टाचारको अभियोगमा दोÈी ठहर गरेको छ । 
कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब १ करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण्ँ पेस गर्दै स्थानीय नारायण्ँ कठरिया र जगत कठरियाले आङ्खनो नाममा पारेका थिए ।
नक्कली कागजात बनाई श्रेस्ता कायम गर्ने कार्यमा सहयोग गरी पदको दुरुपयोग गरेको अभियोगमा विशेÈ अदालतले शुक्रबार तत्कालीन निमित्त मालपोत अधिकृत तिमल्सिना, खरदारद्वय लोकबहादुर राउत, अग्निबहादुर शाही र गाविस सचिव अनिलकुमार मिश्रलाई भ्रष्टाचारी ठहर गरेको छ । 

अदालतका अध्यÔ मोहनरमण्ँ भट्टराई, सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलाशले दर्ता नै नभएको जग्गामा श्रेस्ता कायम गरेको अभियोगमा उनीहरूलाई दोÈी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।
विशष अदालतले तत्कालीन मालपोत अधिकृत तिमल्सिना र गाविस सचिव मिश्रलाई जनही ३ महिना कैद र ८६ लाख ५० हजार जरिवारना गरेको छ । श्रेस्ता नै नभएको जग्गामा जग्गाधनी बनाउने कार्यमा सहयोगीको भूमिका खेलेको अभियोगमा मालपोत कार्यालयका खरिदारद्वय राउत र शाहीलाई जनही ३ महिना कैद र २ लाख जरिवाना गरिएको छ ।
मुख्य अभियुक्त कठायतद्वयलाई अदालतले १ वर्È ६ महिना कैद हुने फैसला गरेको छ । सशस्त्र द्वन्द्वको समयमा जलेको मालपोत कार्यलयको श्रेस्तामा उनीहरूको नाममा जग्गा रहेको भन्दै गाविस सचिव मिश्रले सिफारिस दिएपछि मालपोत कार्यालयले उनीहरुको नाममा जग्गा धनी पूर्जा जारी गरेको थियो । 
अख्तियारमा परेको उजुरीको आधारमा अनुसन्धान गर्दा मालपोतका कर्मचारी र गाविसका सचिवको मिलेमतोमा उक्त घटना भएको पाइएपछि २०७० मंसिर २३ मा विशष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो ।

No comments:

Post a Comment