Wednesday, November 12, 2014

सुवेदीलाई काज सरुवा गरेकामा श्रम मन्त्रालयसित स्पष्टीकरण माग

सामान्यको प्रश्न– ‘कुन कानुनका आधारमा सरुवा गरियो ?’
काठमाडौं, २६ कात्तिक– सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव भरत सुवेदीलाई कानुन मिचेर अर्थमा काज सरुवा गरेकामा श्रम मन्त्रालयसित मंगलबार तीनदिने स्पष्टीकरण सोधेको छ ।
सामान्यले आफ्नो प्रस्ताव र सहमतिबिना सहसचिव तहको कर्मचारीको सरुवा र काज पठाउने निर्णय हुन नसक्ने उल्लेख गर्दै श्रम मन्त्रालयलाई कानुनविपरीत सुवेदीलाई किन र कसरी काज सरुवा गरेको भनेर तीन दिनभित्र स्पष्टीकरण  मागिएको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए ।
अर्थमन्त्री रामशरण महतको दबाबमा श्रम मन्त्रालयले आफ्नो मातहतको सीप विकास केन्द्र प्रमुख रहेका सुवेदीलाई दुई साताअघि अर्थमन्त्रालयमा काज सरुवा गरेको हो । महतले मन्त्रीस्तरीय निर्णय गरी पटकपटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइसकेका छन् । 

‘निजामती ऐनमा सहसचिवलाई सामान्य प्रशासनको प्रस्ताव र सहमतिबिना सरुवा गर्न र काजमा पठाउन नपाइने प्रस्ट व्यवस्था छ । सीप विकास केन्द्रका सुवेदीलाई अर्थमन्त्रालयमा कुन कानुनको कुन दफाअनुसार के कति कारणले सरुवा गरिएको हो ? श्रम मन्त्रालयलाई तीन दिनभित्र कारण खुलाई पठाउन पत्र काटेको छौं’ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कान्तिपुरलाई भने ।
निजामती सेवा ऐन अनुसार राजपत्रांकित प्रथम श्रेण्ँी (सहसचिव) लाई काज सरुवा गर्नसमेत सामान्य प्रशासनको अनिवार्य सहमति चाहिन्छ । तर सामान्यलाई छलेर अर्थमन्त्री महतले सुवेदीलाई अर्थमा चोर बाटोबाट काजमा ल्याई आकर्षक ठाउ“मा पुरस्कृत गरिसकेका छन् ।
पण्डितले आङ्खनो मन्त्रालयको सहमतिबिना सहसचिवको काज सरुवा हुन नसक्ने भन्दै यो विÈयलाई सामान्य रूपमा नलिएको बताए । उनले मन्त्रिपरिÈददेखि जहा“ जहा“ कुरा उठाउनुपर्ने हो, त्यहा“ आफूले यसलाई गम्भीर विÈयका रूपमा उठाउने बताए ।
अर्थमन्त्री महतको विगतदेखिकै विशेष सम्बन्धका कारण सुवेदीलाई अर्थमा ल्याएका हुन् । महत यसअघि अर्थमन्त्री हु“दासमेत सुवेदी आकर्षक ठाउ“मा बस्दै आएका थिए । सरकारले विदेशमा स्थायी बसोबास अनुमतिपत्र (ग्रीनकार्ड या पीआर) होल्डर कर्मचारीलाई कारबाही गर्न पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत अस्ट्रेलियाको पीआर लिएका सुवेदीलाई अर्थ र श्रममन्त्री मिलेर पुरस्कृत गरेका हुन् । 

No comments:

Post a Comment