Thursday, November 6, 2014

जहाजका क्याप्टेन नै नक्कली प्रमाणत्रधारी

काठमाडौं, २० कात्तिक– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका जहाज उडाउने क्याप्टेनकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका नक्कली शैक्षिक प्रमाणपत्रधारी क्याप्टेन दिपेन्द्र प्रधानविरुद्ध बुधबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ । 
प्रधानले सेवा प्रवेश प्रयोजनका लागि पेस गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानले भारतको बिहारस्थित इन्टरमिडियट एजुकेसन काउन्सिलबाट आईएस्सी उत्तीणर््ँ गरेको भनि पेश गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र छानबिनका क्रममा नक्कली भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

यसैगरी अख्तियारले जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर शिवजीप्रसाद राय, लक्ष्मण्ँकुमार सेठ तथा मर्यादापुर गाविसका सचिव विश्वनाथप्रसाद साहविरुद्ध विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्È २०६७÷६८ देखि २०७०÷७१ मा सरकारी, अर्धसरकारी अनुदान रकम, सामाजिक सुरÔा भत्ता तथा स्थानीय पूर्वाधार विकासको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ४ लाख ७० हजार रुपैया“ बिगो कायम गरी हदैसम्मको सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment