Monday, November 17, 2014

पर्यटन प्रवद्र्धनका नाममा कार्यकर्ता पोस्न सवा दुई करोड वितरण

काठमाडौं, १ मंसिर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पार्टी एमालेका कार्यकर्ता र कार्यकारी निर्देशक नियुक्त तीनवटा पर्यटन प्रवद्र्धन विकास समितिलाई धमाधम रकम बा“ड्न थालेका छन् । पर्यटन प्रवद्र्धनका नाममा खोलिएका तीनवटा विकास समितिलाई कात्तिकको दोस्रो र तेस्रोमा गरी १० दिनभित्र सवा दुई करोड रुपैया“ बा“डिएको छ । 
पर्यटनमन्त्रीस्तरीय निर्णयबाट पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई १ करोड २० लाख, कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई ६८ लाख र तारागाउ“ विकास समितिलाई २५ लाख रुपैया“ बा“डिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार कात्तिक २६ मा पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई तीन, कात्तिक २४ मा कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई दुई र कात्तिक १६ मा तारागाउ“ विकास समितिलाई तीनवटा शीर्षकमा उक्त रकम बा“डिएको उल्लेख छ ।
अनुदान रकम पाउने यी तीनवटै विकास समितिमा पर्यटनमन्त्रीद्वारा नियुक्त अध्यक्षलगायतका पदाधिकारी र कार्यकारी निर्देशक छन्, ती सबै एमाले कार्यकर्ता हुन् । विकास समितिलाई अध्यक्षलगायतका पदाधिकारी र कार्यकारी निर्देशकको तलबभत्ता तथा पर्यटन प्रवद्र्धनका नाममा आफूखुसी खर्च गर्न रकम बा“डिएको स्रोतले उल्लेख गरेको छ । 
यस्ता विकास समितिमा पर्यटन प्रवद्र्धनका लागि दिने गरिएको रकम हरेक वर्ष दुरुपयोग हुने गरेको महालेखा परिक्षकको प्रतिवेदनमा समेत उल्लेख छ । ‘पर्यटन पवद्र्धनका नाममा खोलिएका विकास समितिलाई रकम बा“ड्नु भनेको कार्यकर्तालाई पोस्नुमात्र हो । प्रतिष्ठानसहित १४ वटा पर्यटन प्रवद्र्धन विकास समिति छन्, एकाधमा बाहेक सबैजसो विकास समितिमा पर्यटन प्रवद्र्धनका लागि दिइएको रकम दुरुपयोग हुने गरेको छ’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने । पर्यटन मन्त्रालयका प्रवक्ता सहसचिव मोहनकृष्ण सापकोटाले ती तीनवटा विकास समितिलाई विनियोजित रकमको प्रथम चौमासिक निकासा गरिएको दाबी गरे । 




No comments:

Post a Comment