Wednesday, November 19, 2014

सार्कका लागि राजधानीमा शनिबार विशेष सफाइ अभियान

सम्पूर्ण सरकारी कर्मचारीलाई अनिवार्य सहभागी हुन निर्देशन
काठमाडौं, ३ मंसिर– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीलाई सफा र सुन्दर बनाउन शनिबार विशेष सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकका क्रममा सरकारका तर्फबाट मुख्य सचिव लीलामण्ँि पौडेलले राजधानीमा कार्यरत सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई काठमाडौं, ललितपुर र भक्तपुरमा हुने विशेÈ सरसफाइ अभियानमा सरिक हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको बैठकमा मुख्यसचिव पौडेलले सम्पूर्ण मन्त्रालय र केन्द्रीय कार्यालयका सचिवहरूलाई उनीहरू मातहतका कर्मचारीलाई अनिवार्य रूपमा सरसफाइ अभियानमा सरिक गराउन आग्रह गरेका छन् ।

मंसिर १० र ११ गते हुने १८ औंं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा ‘सरसफाइमा नागरिक अभियान’ अन्तर्गत कर्मचारी, स्थानीय टोलसुधार समिति, क्लब, विद्यार्थीलगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिएका छन् । 
ती अधिकारीका अनुसार सरसफाइमा कर्मचारीको अनिवार्य उपस्थितिका लागि स्थलगत हाजिरीसमेत गराइनेछ । शनिबार बिहान साढे सातदेखि साढे नौ बजेसम्म कर्मचारी तथा अन्य सहभागीले आफ्नो टोल र छरछिमेकमा कागज, प्लास्टिक, फोहोरमैला, झाडी हटाएर सफाइ गर्ने योजना सरकारको छ । 
सरसफाइ अभियानमा निजामती, स्थानीय निकाय, सार्वजनिक संस्थानलगायतका कर्मचारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरी सफाइ योजनामा आए÷नआएको अनुमगन गर्ने जिम्मेवारी तिनै निकायलाई दिइएको जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिए ।
पौडेलले सरसफाइ अभियानमा नआउने कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवले आचरण्ँ पालना नगरेकामा कारबाही गर्नसमेत निर्देशन दिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडामा वडास्तरीय समिति गठन गरेर नगर सफा र सुन्दर बनाउने योजना सरकारको छ । 
मुख्यसचिव पौडेलले स्थानीय संघसंस्था परिचालन गरी प्रत्येक वडाका प्रत्येक घरबाट १÷१ जनालाई सफाइ अभियानमा सरिक गराउन काठमाडौं, ललितपुर र भक्तपुर नगरका कार्यकारी अधिकृतलाई निर्देशनसमेत दिएका छन् । वर्Èको दुई÷तीनपटक सहरहरूमा बृहत् जनसहभागितामा सहर सफाइ गर्ने योजनाअन्तर्गत यो अभियान सुरु गर्न लागिएको हो । यसपटक सार्कको उपलक्ष्यमा बृहत सफाइ गर्न लागिएको हो ।

No comments:

Post a Comment