Wednesday, November 12, 2014

पोखरा विश्वविद्यालयका सबै पदाधिकारी साधारण तारेखमा रिहा

काठमाडौं, २६ कात्तिक– विशेष अदालतले अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर गरिएका पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईसहित २३ जनालाई मंगलबार बिना धरौटी साधारण तारेखमा रिहा गरेको छ ।
अख्तियारले भट्टराईसहितका पदाधिकारीले सवा २ करोड रुपैया“ हिनामिना गरेको दाबी गर्दै उनीहरूलाई बिगोबमोजिम हर्जाना र जरिवाना तिराउन तथा तेह्र वर्षसम्म जेल सजाय गर्न माग गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विश्वविद्यालयका पदाधिकारीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने या नराख्ने विषयमा मंगलबार भएको बहस सकिएपछि विशेष अदालतको इजलाशले उनीहरूलाई बिना धरौटी साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
अख्तियारले लगाएको अभियोगमा ठोस प्रमाण नदेखिएकाले पछि भ्रष्टाचार भएको भेटिएमा ठहरेबमोजिम हुने गरी हाललाई उनीहरूलाई बिना धरौटी साधारण तारेखमा छाड्ने आदेश भएको जानकारी अदालत स्रोतले दिएको छ ।
विश्वविद्ययालयका पदाधिकारीले कलेजको सम्बन्धन, चन्दा वितरण्ँ, कर्मचारीलाई आर्थिक सुविधा, परामर्श सेवाको भुक्तानी, भवन निर्माण्ँ र सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

No comments:

Post a Comment