Friday, November 14, 2014

राजस्वमा विवादास्पद सुवेदीलाई सुरुमा हाजिर गर्न दिइएन

काठमाडौं, २८ कात्तिक– राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले विवादास्पद सहसचिव भरत सुवेदीलाई उनको काज सरुवाको कानुनी आधार खोज्दै बिहीबार दिनभर हाजिर गर्नबाट रोक्ने प्रयास गरेको छ । विभागका प्रशासन प्रमुख तीर्थ खनालले सुवेदीको काज सरुवाको पत्र आएपछि निर्णयको आधार खोज्दै टिप्पणी उठाएर उनलाई हाजिर हुनबाट रोक्ने प्रयास गरेका हुन् । उनी पद बहाली गर्न बिहीबार विभागमा पुगेका हुन् ।
खनालले काज सरुवा कुन कानुनका आधारमा भएको, निर्णयको प्रति नदिइएको, तोकिएको कार्यालयबाट तलबभत्ता खाने भनेको कार्यालय कुन हो भन्ने तीनवटा प्रश्नमा स्पष्ट भएपछिमात्र सुवेदीलाई बहाल गराउनुपर्छ भनेर टिप्पणी उठाई आफूले हाजिर गराउनबाट रोकेको जानकारी दिए ।

अर्थमन्त्री रामशरण महतले सुवेदीलाई चोर बाटोबाट अर्थमन्त्रालयमा ल्याई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाएका हुन् । सहसचिवहरूलाई मन्त्रिपरिषदले मात्र सरुवा गर्न र काजमा पठाउन सक्ने कानुनी व्यवस्थाविपरीत महतले सुवेदीलाई श्रम मन्त्रालयबाट काजमा ल्याएर उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुन कानुनका आधारमा सुवेदीलाई अर्थमा काज सरुवा गरेको भनेर श्रम मन्त्रालयसित लिखित स्पष्टीकरण माग गरेका छन् । प्रशासन प्रमुख खनालले रोके पनि विभागका महानिर्देशक बालकृष्ण्ँ घिमिरेले अपराह्न मन्त्रालयबाट काज सरुवाको निर्णयको आधारसहितको पत्र मगाएर सुवेदीलाई आफ्नै कार्यकÔमा हाजिर गराएको स्रोतले दिएको छ ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण्ँ ऐन २०५२ को दफा २६ अनुसार मुद्दा हेर्न जुनसुकै कर्मचारीलाई पनि महानिर्देशकले काजमा ल्याई काममा लगाउन सक्ने व्यवस्थाबमोजिम आफूले  सुवेदीलाई ल्याएको दाबी घिमिरेले गरेका छन् ।

No comments:

Post a Comment