Friday, November 7, 2014

भागबण्डा मिलाउन सुकुम्बासी आयोगमा पदाधिकारी थपिने

काठमाडौं, २१ कात्तिक– मन्त्रिपरिषदले सुकुम्बासी समस्या समाधान सुझाव आयोगको नियुक्तिका बारेमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवाद सल्टाउन पदाधिकारी थप्ने निर्णय गरेको छ । सुकुम्बासी आयोगको केन्द्र र मातहतका ७२ जिल्ला समितिमा भूमिसुधारमन्त्री दलबहादुर रानाले एमालेका कार्यकर्तालाई मात्र एकलौटी नियुक्ति गरेपछि दुई दलबीच विवाद बढेको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुकुम्बासी आयोगको केन्द्रमा उपाध्यक्ष र एक जना सदस्य तथा जिल्लामा उपाध्यक्ष थप्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदले पदाधिकारी थप्न सुकुम्बासी आयोगसम्बन्धी गठन आदेश संशोधनसमेत गरेको छ ।

कांग्रेस र एमालेबीच भएको समझदारीअनुसार आयोगको केन्द्रमा कांग्रेसबाट उपाध्यक्ष र एक सदस्य थपिनेछ भने जिल्ला समितिमा कांग्रेस र एमालेका बराबर संख्यामा अध्यक्ष रहनेछन् । एउटा दलको अध्यक्ष रहेको ठाउ“मा अर्को दलको उपाध्यक्ष राखेर विवाद समाधान गरिने जानकारी एक मन्त्रीले दिए ।
सुकुम्बासी आयोगमा पदाधिकारी थपिएपछि राज्यको ढुकुटीमा ठूलो दायित्व थपिनेछ । अध्यÔलाई राज्यमन्त्री र पा“च सदस्यलाई विशिष्ट श्रेणी (सचिव) सरहको तलबसुविधा दिइएको छ । केन्द्रीय पदाधिकारीलाई गाडी सुविधाबापत एकमुष्ठ प्रतिमहिना थप २५ हजार रुपैया“समेत दिइएको छ । थपिने उपाध्यक्षलाई सहायक मन्त्री र सदस्यलाई सचिव सरहको सुविधा दिइनेछ ।
जिल्ला अध्यÔलाई सहसचिव र सदस्यलाई शाखा अधिकृत सरहको तलब सुविधा दिइएको छ । जिल्ला अध्यÔलाई गाडी सुविधासमेत दिइएको छ । जिल्ला उपाध्यक्षलाई उपसचिव सरहको सुविधा र गाडी दिइनेछ ।
भूमिसुधार मन्त्री रानाले कांग्रेसलाई नसोधी आयोगको केन्द्र र जिल्लामा एकलौटी नियुक्ति गरेपछि कांग्रेस र एमालेबीच विवाद बढेर प्रधानमन्त्री सुशील कोइरालाले आयोग नै विघटन या पुनर्गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव राखेका थिए । त्यसपछि कांग्रेस र एमालेबीच शीर्ष नेता तहमा भएको बैठकले आयोगमा बराबर पदाधिकारी राख्ने समझदारी भई सोहीअनुसार मन्त्रिपरिषदले गठन आदेश संशोधन गरेको हो ।
विभिन्न निकायमा सात जना नियुक्त
सरकारले गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेललाई नियुक्त गरेको छ । पौडेल कांग्रेस उपसभापति रामचन्द्र पौडेलका छोरा हुन् । गरीबी निवारण मन्त्रीसमेत रहेका प्रधानमन्त्री कोइरालाको प्रस्तावमा उनलाई नियुक्त गरिएको हो ।
मन्त्रिपरिषदले नेपाल औषधि लिमिटेडको अध्यक्षमा बाबुराम हुमागाई, नेपाल मेटल कम्पनीको अध्यक्षमा नेत्रराज पौडेल, नेपाल ओरियन्ट म्याग्नेसाइटको अध्यक्षमा वसन्तराज कार्की, कोसी अञ्चल अस्पतालको अध्यक्षमा एकराज भट्टराई, सेती अञ्चल अस्पतालको अध्यक्षमा यज्ञराज पाण्डे, मध्यपश्चिम क्षेत्रीय अस्पतालको अध्यक्षमा खुम्बराज थानी र मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयको अध्यक्षमा श्रीधर शर्मालाई नियुक्त गरेको छ । उनीहरू सबै एमाले कार्यकर्ता र समर्थक हुन् । उनीहरूलाई उद्योग र स्वास्थ्यमन्त्री क्रमशः महेश बस्नेत र खगराज अधिकारीको प्रस्तावमा नियुक्त गरिएको हो ।

No comments:

Post a Comment