Saturday, November 1, 2014

जापानी सांसद राजधानीमा

काठमाडौं, १५ कात्तिक– दातृ मुलुक जापानको संसद् डायटका सदस्य योसुके सुरुहो शनिबार तीनदिने नेपाल भ्रमणमा शनिबार राजधानी आइपुगेका छन् । नेपालको संविधान लेखन र लोकतान्त्रिकरण्ँको प्रक्रिया सघाउन जापानी सरकारका तर्फबाट सहयोग र समर्थन प्रकट गर्न उनी नेपाल भ्रमणमा आएका हुन् ।
सुरुहोको औपचारिक भ्रमण्ँको सन्दर्भमा यहा“स्थित जापानी दूतावासले जारी गरेको वक्तव्यमा जापान सरकार र त्यहा“का जनता नेपालको संविधान र प्रजातान्त्रिक प्रक्रियामा सघाउन तत्पर रहेका जनाएको छ ।

जापान–नेपाल संसदीय मैत्री सङगठनका महासचिवसमेत रहेका सुरुहोले आइतबार राष्ट्रपति डा. रामवरण्ँ यादवस“ग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । उनले आइतबार नै अर्थमन्त्री डा रामशरण्ँ महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायतका नेतालाई बेग्लाबेग्लै भेटेर द्विपÔीय सहयोग र संसदीय प्रतिनिधिमण्डल आदानप्रदानबारे विचारविमर्श गर्ने कार्यक्रम रहेको छ ।
जनस्तरमा हुने यस्ता भ्रमण्ँले दुई देशबीच विद्यमान सुमधुर, मैत्रीपूणर््ँ एवं सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास जापानी दूतावासले व्यक्त गरेको छ । उनी सोमबार स्वदेश फर्कनेछन् ।


No comments:

Post a Comment