Wednesday, November 12, 2014

नेपाल र भारतबीच जलस्रोत अधिकारीबीचको बैठक सुरु

नेपाललाई सम्झौताबमोजिम सिंचाइका लागि पानी दिने र डुबान तथा कटान नियन्त्रण गर्ने एजेन्डामा छलफल
काठमाडौं, २५ कात्तिक– नेपाल र भारतबीच ज्वाइन्ट कमिटी अन कोसी एन्ड गण्डक प्रोजेक्ट (कोसी र गण्डक परियोजनासम्बन्धी संयुक्त समिति) को बैठक मंगलबार राजधानीमा सुरु भएको छ ।
कोसी र गण्डक सम्झौताबमोजिम सिंचाइका लागि पानीको बा“डफा“ड र डुबान तथा कटान समस्या समाधानका लागि झन्डै चार वर्षपछि नेपाल र भारतका जलस्रोत अधिकारीहरूबीच बैठक भएको हो । ६÷६ महिनामा हुनुपर्ने बैठक यसअघि भारतले चासो नदिएका कारण हुन सकेको थिएन ।
बैठकमा नेपाली पक्षको सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासे र भारतीय पक्षको बिहार सरकारको जलस्रोत विभागका सेक्रेटरी दीपककुमार सिंहले नेतृत्व गरेका छन् ।

दुईदिने बैठकको पहिलो दिन दुवै नदीमा बा“ध र नहरका कारण भइरहेको कटान र डुबान नियन्त्रण तथा नेपालले कोसी र गण्डक सम्झौताबमोजिम सिंचाइका लागि पाउनुपर्ने पानी उपलब्ध गराउनेबारेमा छलफल भएको छ । कोसी र गण्डक सम्झौतामा बा“ध र नहरको मर्मतसम्भार तथा त्यसबाट हुने डुबान र कटान नियन्त्रणको काम भारत सरकारले गरिदिनुपर्ने प्रावधान छ ।
वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार गण्डकको पूर्वी नहरबाट पर्सामा सिंचाइका लागि सम्झौताबमोजिम नेपालले ८ सय ५० क्युसेक पानी पाउनुपर्नेमा हाल ३ सयदेखि ५ सय क्युसेकमात्र पाउ“दै आएको छ । पर्सामा ८ सय ५० क्युसेक नै पानी उपलब्ध गराउन भारतले नहरको नेपालतर्फ पानी जाने खण्ड मर्मत गरिदनुपर्नेबारेमा छलफल भएको छ ।
त्यसैगरी गण्डक नहरको नवलपरासीतर्फको खण्डमा वर्षामा डुबान नहुने गरी पानीको सतह म्यान्टेन गर्ने र बा“धका कारण नदीमा भइरहेको कटान र डुबान नियन्त्रण गर्न संयुक्त रूपमा मर्मतसम्भारका काम थाल्नेबारेमा समेत छलफल भएको स्रोतले उल्लेख गरेको छ । वर्षामा पानीको सतह म्यान्टेन नभएका कारण नवलपरासीमा वर्षेनि ठूलो भूभाग डुबानमा पर्ने गरेको छ ।
सम्झौताबमोजिम कोसीबाट सुनसरी, मोरङ र सप्तरीमा सिंचाइका लागि पानी उपलब्ध गराउने एजेन्डामा समेत छलफल भएको छ । कोसीबाट नेपालतर्फ ‘पम्प नहर’ बाट सिंचाइ हु“दै आएको छ । पम्प नहर जीर्ण भएकाले सिंचाइका लागि पानी उपलब्ध हुन सकेको छैन । बैठकमा दुवै देश मिलेर पम्प नहर र चतरा नहर पुननिर्माण र मर्मत गरी नेपालतर्फ सिंचाइका लागि पानी उपलब्ध गराउनेबारेमा समझदारी हुने सम्भावना छ । कोसीको कटान र डुबान नियन्त्रणका लागि काम थाल्नेबारेमा समेत छलफल भएको छ ।
संयुक्त समितिको बैठकको छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी नेपाली पक्षको नेतृत्व गरिरहेका सिंचाइका महानिर्देशक बेल्वासेले दिए । बुधबार हुने छलफलपछि दुई देशबीच माइन्युटमा हस्ताक्षर हुनेछ । बैठकलाई नियमित गर्ने समझदारीसमेत हुने सम्भावना छ ।  






No comments:

Post a Comment