Sunday, November 9, 2014

भारतले थप ७० मेगावाट बिजुली दिने

लोडसेडिङ हिउ“दमा समेत १० घन्टाभन्दा बढी नहुने
काठमाडौं, २३ कात्तिक– विद्युत् प्राधिकरणले मुलुकमा हिउ“दयाममा लोडसेडिङ बढ्न नदिन भारतबाट थप ७० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतबाट थप बिजुली आयात गर्न हालै भएको समझदारी र यस वर्ष पनि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएका कारण आगामी हिउ“दमा दैनिक लोडसेडिङको समय १० घन्टामा सीमित हुने भएको छ ।
भारतबाट थप बिजुली आयात गर्ने सहमति नभएको भए आगामी हिउ“दयाममा १२ घन्टाभन्दा बढी लोडसेडिङ हुन्थ्यो । ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले लोडसेडिङ अघिल्लो वर्षजस्तै १० घन्टाभन्दा बढी हुन नदिन भारतबाट मंसिरको दोस्रो सातादेखि थप ७० मेगावाट बिजुली आयात गरिने जानकारी दिए । उनका अनुसार भारतीय ऊर्जा मन्त्रालयका अधिकारीहरूसित हालै भएको वार्ताका क्रममा भारत सरकार थप ७० मेगावाट थप विद्युत दिन तयार भएको हो ।

नेपालले हाल भारतबाट सरदर १ सय ६७ मेगावाट विद्युत् आयात गर्दै आएको छ । सहमतिअनुसार आगामी मंंसिर दोस्रो सातादेखि नेपालले भारतबाट सरदर २ सय ३७ मेगावाट बिजुली आयात गर्नेछ । वर्षेनि मुलुकमा बिजुलीको माग ७० मेगावाटको हाराहारीमा बढ्दै जान्छ । बढ्ने मागजत्तिकै बिजुली थपिने भएकाले लोडसेडिङ अघिल्लो वर्षबराबर नै हिउ“दयाममा १० घन्टाभन्दा बढी नहुने जानकारी क्षेत्रीले दिए ।
ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार यसअघिका वर्षमा नेपालले भारतीय ऊर्जा दलाल कम्पनी (पीटीसी) सित वार्ता गरी बिजुली आयात गर्दै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई देशबीच राजनीतिक सम्बन्ध सुदृढ भएकाले यसपटक भने भारतको ऊर्जा मन्त्रालयका अधिकारीहरू नै नेपालको लोडसेडिङ बढ्न नदिन थप बिजुली दिन सकारात्मक र सहयोगी पाइएकोसमेत ती अधिकारीले उल्लेख गरे ।
ती अधिकारीका अनुसार नेपालसित सीमा जोडिएका भारतीय विभिन्न नाकामध्ये कहा“–कहा“बाट थप बिजुली ल्याउन सकिन्छ भनेर दुवै देशबीच प्राविधिक तहमा अध्ययन भइरहेको छ । दुवै तर्फका प्रसारण लाइन सुधारेर बिजुलीको आयात बढाइनेछ ।
प्राधिकरण्ँले भारतबाट विद्युत् आयात गर्ने प्रमुख मार्ग (कटैया–कुसाहा प्रसारण्ँ लाइन) मा गुण्ँस्तरीय कन्डक्टर फेरेर अपग्रेड गर्ने अन्तिम चरण्ँमा पु¥याएको छ । प्राधिकरण्ँले उक्त प्रसारण लाइनको नेपालतर्फको १२ किमी खण्डको स्तरोन्नति गरिसकेको छ । उक्त प्रसारण्ँ लाइनको भारतीय भूमिमा पर्ने तीन किमी खण्डमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।
८० मेगावाट विद्युत्मात्र आयात निर्यात गर्न सकिने उक्त प्रसारण्ँ लाइन अपग्रेड गरिसकेपछि दोब्बर बढी १ सय ६० मेगावाटसम्म ल्याउन सकिन्छ । उक्त प्रसारण लाइनबाट यस वर्ष १ सय ५० मेगावाट विद्युत आयात गर्ने योजना प्राधिकरणको छ । 
प्राधिकरणले कटैया–कुसाहाबाहेक टनकपुर–महेन्द्रनगर, रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिराहा, जलेश्वर, भैरहवा र नेपालगन्जसहितका नाकाबाट ३३ केभीको प्रसारण्ँ लाइनबाठ समेत बिजुली आयात गर्दै आएको छ । यी प्रसारण लाइनको समेत स्तरोन्नति गरेर थप बिजुली आयात गरिनेछ ।
‘भारतबाट थप ७० मेगावाट बिजुली आयात गर्ने समझदारी भइसकेको छ । दुई देशबीचका विद्यमान प्रसारण लाइनको क्षमता बढाउने प्राविधिक काम भइरहेको छ’ ऊर्जा सचिव क्षेत्रीले कान्तिपुरसित भने– ‘आगामी मंसिर दोस्रो सातासम्ममा प्रसारण लाइनको स्तरोन्नति गर्ने र बिजुली ल्याउने प्वाइन्ट खोजीको काम सकेर भारतबाट थप ७० मेगावाट बिजुली ल्याउनेछौं । भारतबाट थप बिजुली आयात भएपछि आगामी हिउ“दयाम तथा चैत, वैसाख र जेठमा समेत लोडसेडिङ १० घन्टामा सीमित गर्न सकिनेछ ।’
लोडसेडिङ बढ्ने आन्तरिक खतरा
सिन्धुपाल्चोकमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले बाढीपहिरोमा क्षति भएका विद्युत् टावरहरू पुननिर्माण गर्न नदिएका कारण लोडसेडिङ बढ्ने आन्तरिक खतरा रहेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् । 
विभिन्न दलका कार्यकर्ताले विदेशी लगानीको भोटेकोसी जलविद्युत् आयोजनामा जिल्लाबासीले शेयर पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोमा परी क्षतिग्रस्त टावरहरू पुननिर्माण गर्न दिएका छैनन् । 
स्थानीय अवरोधले टावरहरू पुनर्निर्माण हुन नपाएका कारण ४५ मेगावाटको भोटेकोसी, १०.५ मेगावाटको सुनकोसी र सानिमा हाइड्रोको २.ं५ मेगावाटको बिजुली केन्द्रीय प्रसारणमा जोडिन सकेको छैन । विद्युत् टावर नभएका कारण ती आयोजनाबाट बिजुली उत्पादन भीषण पहिरो आएदेखि नै बन्द छ । स्थानीय अवरोधका कारण हिउ“दसम्म पनि विद्युत् टावर पुनर्निर्माण हुन सकेन भने लोडसेडिङ बढेर १२ घन्टाभन्दा बढी हुने सक्ने चिन्ता ऊर्जा मन्त्रालयका अधिकारीको छ ।






No comments:

Post a Comment