Friday, November 14, 2014

सार्क सम्मेलनमा सम्झौता गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी

काठमाडौं, २८ कात्तिक– सरकारले दक्षिण्ँ एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा हुने सम्झौताहरू गर्ने अख्तियारी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दिएको छ । सम्मेलनका सार्क मुलकहरूबीच रेल्वे, सवारी साधन र उर्जा व्यपारगसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ ।
मन्त्रिपरिÈद्को बिहीबार बसेको बैठकले आगामी मसिंर १० र ११ मा काठमाडौंमा आयोजना हुन लागेको सम्मेलनमा सार्क मुलुकहरूबीच हुने सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्रीलाई दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बैठकपछि जानकारी दिए ।
नागरिक लगानी कोषमा पोखरेल
सरकारले नागरिक लगानी कोÈको कार्यकारी निर्देशकमा रामकृष्ण्ँ पोखरेललाई नियुक्त गरेको छ । पोखरेल गोवर ग्यास कम्पनीका महाप्रबन्धक भइसकेका व्यक्ति हुन् ।
यसैगरी नेपाल दूरसञ्चार प्राधिकरण्ँको सदस्यमा टिकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गरिएको छ ।
अनुसन्धान विभागमा बढुवा
मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशकहरू यदुलाल खरेल, राजुकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पंगेनीलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।  


   

No comments:

Post a Comment