Wednesday, November 28, 2018

मुलुकभर चिसो बढयो

काठमाडौं, १० मंसिर– राजधानी उपत्यकासहित मुलुकभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तापक्रम घटेकाले उपत्यकामा बढी चिसो (जाडो) महसुस गरिएको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको छ ।
सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.१ डिग्री र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगर (सुर्खेत) को न्यूनतम तापक्रम १३.५ डिग्री र अधिकतम तापक्रम २९.६ डिग्री मापन गरिएको छ ।
सिमराको न्यूनतम तापक्रम ११.८ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १०.१ डिग्री र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस मापन गएिको छ ।
धनकुटाको न्यूनतम तापक्रम १०.३ डिग्री र अधिकतम तापक्रम २४.४ डिग्री सेल्सियस छ । पोखराको न्यूनतम तापक्रम ९.५ डिग्री र अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियस छ । विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस छ ।

No comments:

Post a Comment