Thursday, November 1, 2018

उपाध्यायलाई नहटाउन आदेश

काठमाडौं, १४ कात्तिक– सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले आइतबार उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय जिम्मेवारीमा फर्केका थिए । उपाध्याय तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मंसिर २५ मा चार वर्षका लागि नियुक्त भएका थिए ।


No comments:

Post a Comment