Thursday, November 1, 2018

‘सम्बन्ध सुधार्न राष्ट्रपतिको कतार भ्रमण’

काठमाडौं, १४ कात्तिक– राष्ट्रपति विद्या भण्डारी खाडी मुलुक कतारसित द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन औपचारिक भ्रमण गएको दाबी परराष्ट्र मन्त्रालयका अधिकारीले गरेका छन् । ती अधिकारीले सरकारले दोस्रो बढी नेपाली कामदार रहेको कतारसितको सम्बन्धमा न्यानोपन ल्याउनका लागि राष्ट्राध्यक्षस्तरमै भ्रमण गराएको उल्लेख गरेका छन् ।
आफ्नो छुट्टै स्वतन्त्र विदेश नीति अख्तियार गरेकामा साउदी अरब र यूएईलगायत ६ मुलुकले ५ जुन २०१७ देखि छिमेकी कतारसित कूटनीतिक सम्बन्ध अन्त्य गरी नाकाबन्दी लगाएका छन् । राष्ट्रपति भण्डारीले एक वर्षअगाडि यूएईको औपचारिक भ्रमण गरेपछि कतार चिढिएको अधिकारीहरू बताउ“छन् ।
‘राष्ट्रपतिले अघिल्लो वर्ष यूएईको भ्रमण गरेपछि कतारसितको सम्बन्धमा नकारात्मक असर परेको थियो । खाडी राष्ट्रमध्ये साउदी अरबपछि दोस्रो बढी नेपाली कामदार रहेको मुलुकसित सम्बन्ध सुधार गर्न र कूटनीतिक सन्तुलनका लागि सरकारले यसपटक राष्ट्राध्यक्षलाई कतार भ्रमणमा पठाएको हो,’ परराष्ट्रका अधिकारीले भने, ‘यो भ्रमणले नेपाल कतार र बा“की खाडी मुलुकस“ग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश दिएको छ ।’
कतारमा ४ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । कतार साउदी अरबपछि सबैभन्दा बढी नेपाली कामदार भएको मुलुक हो । कतारले आगामी विश्वकप आयोजनाका लागि स्टेडियमलगायत भौतिक संरचना निर्माणक्रममा मजदुरको सुरक्षामा ध्यान नदिएको र त्यही कारण बेला–बेला नेपाली कामदारको मृत्यु हुने गरेको भनी पश्चिमा मिडियाले आवाज उठाउने गरेका छन् । यही पृष्ठभूमिमा कतार सरकारले नेपालस“ग सम्बन्ध राम्रो रहेको सन्देश दिन नेपाली राष्ट्राध्यक्षलाई आफ्नो मुलुकमा स्वागत गरेको टिप्पणीसमेत अर्का परराष्ट्रविद्ले गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन राष्ट्रपति भण्डारीले कतारको औपचारिक भ्रमण गरेको बताए । उनले राष्ट्राध्यक्षस्तरमा भएको भेटघाटले कतारस“गको सम्बन्ध सुमधुर हुने र नेपालमा कतारी लगानी आउने वातावरण बनाउने विश्वास पौड्यालको छ । भण्डारीले नेपालका तर्फबाट कतारका उद्योगी–व्यापारीलाई बुधबार सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेकी थिइन् ।
राष्ट्रपतिको भ्रमणक्रममा कतारस“ग कूटनीतिक तथा विशेष राहदानीवाहकलाई एक–अर्का देशमा अनअराइभल भिसा दिने तथा कृषि र खाद्य सुरक्षा सहकार्यसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । पौड्यालका अनुसार संवैधानिक राष्ट्राध्यक्षको भ्रमणक्रममा कुनै पनि मुलुकसित ठूला सम्झौता हुने कूटनीतिक परम्परा हुन्न । यी समझदारी पनि दुई देशबीच पहिल्यैदेखि हु“दै आइरहेको कूटनीतिक गृहकार्यका आधारमा भएका हुन् । पौड्यालले कतारसित कृषि र खाद्य सुरक्षा सहकार्यसम्बन्धी भएको समझदारी महŒवपूर्ण रहेको र त्यसले नेपालको कृषि क्षेत्रमा कतारको लगानी भिœयाउने वातावरण बनाएको टिप्पणी गरे ।

No comments:

Post a Comment