Friday, November 16, 2018

संवैधानिक इजलाश सुरु

अब साताको दुई दिन संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने
काठमाडौं, २८ कात्तिक– सर्वोच्च अदालतमा बुधबारदेखि संवैधानिक इजलास सुरु भएको छ । इजलासमा संवैधानिक विवादका २ सय २३ वटा मुद्दा सुनुवाइ गर्न बा“की छ ।
उमेर विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकास पाएपछि लामो समयसम्म संवैधानिक इजलास बस्न नसक्ता ती मुद्दामाथि सुनुवाइको काम अवरुद्ध भएको थियो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफू पदमा बहाल भएपछि वरिष्ठताका आधारमा न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रसमसेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेलाई सदस्य तोकेर संवैधानिक इजलाश गठन गरेका थिए । न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेका कारण इजलास बस्न सकेको थिएन ।
एउटा प्रधानन्यायाधीशको अवकाश भई अर्को नियुक्त नहु“दासम्म वा इजलासका एकमात्र न्यायाधीश नहु“दा पनि संवैधानिक इजलास बस्न नसक्ने कानुनी व्यवस्था छ । कार्की स्वदेश फर्केपछि बुधबारदेखि संवैधानिक इजलाश सुरु गरिएको हो ।संवैधानिक इजलासले साताको दुई दिन मंगलबार र बुधबार इजलाश बस्ने दिन तय गरेको छ । प्रधानन्यायाधीशसहित इजलासमा रहेका अरू न्यायाधीशले नियमित अरू मुद्दामा समेत सुनुवाइ गर्नुपर्ने भएकाले संवैधानिक मुद्दामात्र हेर्नका लागि साताको दुई दिन तोकिएको हो ।
सर्वोच्चमा आएका संविधानस“ग बाझिएका र गहन रूपमा छलफल गर्नुपर्ने मुद्दा संवैधानिक इजलासले हेर्ने संवैधानिक तथा कानुनी व्यवस्था छ । इजलासले त्यस्ता मुद्दामाथि गहन बहस र छलफल गरेर निर्णय दिने गर्छ ।

No comments:

Post a Comment