Sunday, November 11, 2018

फाल्गुनन्दको योगदान अनुकरणीय : प्रधानमन्त्री

काठमाडौं, २४ कात्तिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउनका लागि लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।
फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले उनले समाज सुधारका लागि जारी गरको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते  पा“चथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बु“दे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गरेको छ’ प्रधानमन्त्रीको सन्देशमा छ ।
प्रधानमन्त्रीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि फाल्गुनन्दले त्यसलाई सुधार गर्न गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् । फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेको, त्यसले समाजमा शान्ती कायम गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । किरा“त धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसनीय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको हो । किरा“त धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वका रुपमा समेत सम्मान गर्ने गर्छन् । फाल्गुनन्दको जन्मदिनको अवसरमा सरकारले हरेक वर्ष किरा“त धर्मवालम्बीहरुलाई सार्वजनिक विदा दिन थालेको छ ।

No comments:

Post a Comment