Sunday, November 11, 2018

पत्रकार आक्रमणको महासंघद्वारा भत्सर्ना

काठमाडौं, २४ कात्तिक– रुकुम पश्चिममा पत्रकार लोकेन्द्र खनाललाई नेकपाका कार्यकताले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ ।
कात्तिक २३ मा रुकुम पश्चिमको बाफियाकोट ६ मग्मामा कार्यक्रममा जा“दै गरेका बेला नागरिक दैनिकका संवाददाता खनालमाथि नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेको महासंघले उल्लेख गरेको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गरी सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको संज्ञा दिएको छ ।
महासंघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारस“ग माग गरेको छ ।
नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका सहयोगीले कुटपिट गरेको घटनाको समेत भत्सर्ना गरेको छ ।
अमेरिकामा रहेका नेपाली पत्रकारमाथि नेपालकै जिम्मेवार मुख्यमन्त्रीका सहयोगीबाट कुटपिट हुनु आफैंमा खेदजनक भएको टिप्पणीसमेत महासंघले गरेको छ ।

No comments:

Post a Comment