Friday, November 2, 2018

दुई चिकित्सकविरुद्ध मुद्दा

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिंह र गोइतले चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित गर्ने किसिमले बलात्कारको शिकार भएकी बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनः गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट प्रमाणित भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिमको कसुर भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । चिकित्सकद्वय सिंह र गोइतले गत असोज ९ मा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।




No comments:

Post a Comment