Friday, November 16, 2018

निलम्बित डीएसपी राई धरौटीमा रिहा

काठमाडौं, २९ कात्तिक– विशेष अदालतले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई धरौटीमा रिहा गरेको छ । उनी घुस लिएबराबरको रकम १ लाख ४० हजार धरौटी राखी बिहीबार नै रिहा भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले राईलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित राईलाई अख्तियारको टोलीले एक महिनाअघि पक्राउ गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले सोनी कम्पनीको टेलिभिजन खरिद गरेको बिल तिर्न सेवाग्राहीस“ग १ लाख ४० हजार रुपैया“ घुस लिएका थिए । उनी मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् ।


No comments:

Post a Comment