Friday, November 16, 2018

डीएसपी र मालपोत अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायव उपरीक्षक (डीपएसपी) श्यामकुमार राईविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीस“ग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न एक लाख ४० हजार रुपैया“ घुस लिएको अवस्थामा पक्राउ परेका राईलाई भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले राईलाई एक लाख ४० हजार बिगो कायम गरी जरिवाना गर्न र एक वर्ष कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले मालपोत कार्यालय, कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेलसहित तीन जनाविरुद्ध बुधबार नै विशेष भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा मालपोत कार्यालयकै नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मा छन् ।

जग्गा धितोबन्धक पास गर्ने क्रममा सेवाग्राहीस“ग ५०÷५० हजार रुपैया“ घुस लिएको अवस्थामा पक्राउ परेका तीन जनालाई भ्रष्टाचार निवारण ऐनबमोजिम बिगोबराबर जरिवाना र एक वर्ष कैद सजाय गर्न मागदाबी गरी मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ ।

No comments:

Post a Comment