Friday, November 2, 2018

कांग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौं, १५ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले दसैं, तिहार, नेपाल संवत, छठलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाखलाई निम्ता दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले शुक्रबार उपत्यकामा ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि सा“झ ५ बजेसम्म चियापान कार्यक्रम राखेको छ ।
वि.सं २०३३ सालमा कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि कांग्रेस हरेक वर्ष शुभकामना आदानप्रदान गर्न चियापान आयोजना गर्दै आएको छ ।
चियापन कार्यक्रममा सहभागी हुने कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।

No comments:

Post a Comment