Wednesday, November 21, 2018

नीति अनुसन्धान प्रतिष्ठानमाथि हस्तक्षेप हुँदैन : प्रधानमन्त्री

काठमाडौं, ४ मंसिर– प्रधानमन्त्री केपी ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारका तर्फबाट कुनै दबाब वा हस्तक्षेप नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार प्रतिष्ठानका पदाधिकारीहरूको परिचयात्मक बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वतन्त्र ढंगले काम गरी मुलुकको समग्र विकास र समृद्धिका लागि नीति बनाउन आग्रह गरे । बैठकमा प्रतिष्ठानका संयोजक चैतन्य मिश्रले प्रतिष्ठानको उद्धेश्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिष्ठान डेढ महिनाअघि गठन भएको हो ।
प्रधानमन्त्रीले मुलुकको विकासका लागि नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सुक्ष्म ढंगले जानकारीमा ल्याउने उद्धेश्यले गठन भएको प्रतिष्ठानलाई सरकारको पूर्ण सहयोग रहने र कुनै पनि कोणबाट असहयोग नहुने बताए ।
‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउ“ कहा“ हुन्छ र ? आवश्यक ठाउ“मा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ’ ओलीले भने । बैठकमा मन्त्री र सचिवहरूसमेत सहभागी थिए ।प्रधानमन्त्रीले मुलुकको विकास निर्माणको गति सुस्त भएकामा असन्तुष्टि प्रकट गर्दै सरकार गठन भएको नौ महिनामा सोचेजस्तो काम हुन नसकेको बताए । उनले विकास–निर्माणका काम अपेक्षित गतिमा अघि नबढ्नुमा नीतिगत समस्या कारक रहेको बताए । ‘विकासनिर्माणको गतिलाई बाधा पु¥याउने नीतिहरू कहा“ कहा“ छन्, तिनलाई प्रतिष्ठानको सुझावमा सरकारले सच्याउ“दै जानेछ’ उनले भने ।
उनले प्रतिष्ठानका पदाधिकारीहरूलाई सम्पूर्ण मन्त्रालय, योजना आयोग र विश्वविद्यालयहरूस“ग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न आग्रह गरे । ‘सरकारले कम खर्चमा बढी प्रतिफल दिने र लिने नीति लिएकोे छ, हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैले योगदान पु¥याउनु पर्र्छ’ प्रधानमन्त्रीले देश विकासको राष्ट्रिय यज्ञमा सघाउन आह्वान गर्दै भने ।



No comments:

Post a Comment