Wednesday, November 21, 2018

घुस दिन नसकेपछि चिकित्सकद्वारा राजिनामा

काठमाडौं, ४ मंसिर– वीर अस्पतालका न्युरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले घुस खुवाउन र चाकडी गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका छन् । उनले सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यावदलाई सम्बोधन गरी लिखित राजीनामा दिएका हुन् ।
उनले आफूले चाकडी गर्न नसकेको र मागअनुसारको घुस दिन नसकेकाले पदबाट राजिनामा दिनुपरेको मन्त्रीलाई बुझाएको पत्रमा उल्लेख  गरेका छन् । उनले राजिनामापत्रमा विगत एक वर्षदेखि तलब बिहीन भएर अस्पतालमा काम गर्दै आए पनि पद खाली हु“दासमेत आफ्नो पोस्टिङ नभएको दुःखेसोसमेत पोखेका छन् ।
‘विगत १ वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा काम गर्दै आएको र वीर अस्पतालले बारम्बार पत्र लेख्दा र मैले अथक प्रयास गर्दा पनि पद खाली भएको र अन्य उम्मेदवार नहु“दासमेत मेरो पोस्टिङ वीरमा नगरी पूर्वाग्रह साथ दुःख दिएकाले र चाकडी र घुससमेत डिमान्ड अनुसार दिन असक्षम हु“दा राजिनामा दिएको छु’ अधिकारीले मन्त्रीलाई बुझाएको पत्रमा छ ।


No comments:

Post a Comment