Sunday, November 11, 2018

देउवा विधानविपरीत हिडे : पूर्वमहामन्त्री सिंह

काठमाडौं, २४ कात्तिक- कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत जे मन लाग्यो त्यही काम गर्दै हिडेको आरोप लगाएका छन् ।
जनआन्दोलन–२०४६ का कमान्डर गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार संघीय राजधानीको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा सिंहले सभापति देउवाकै कारण पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हु“दै गएको बताए ।
लोकतन्त्रका लागि लडेको कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक अध्यास कति कमजोर छ भन्ने कुरा पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयले प्रमाणित गरेको दाबी उनको थियो ।विधानको बाधा अडकाउ फुकाउको व्यवस्थाप्रति बेवास्ता गरी देउवाले केन्द्रीय कार्यसमितिबाट बहुमतको आडमा नेता विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरेका थिए । कांग्रेस विधानमा एक जनामात्र उपसभापति हुने व्यवस्था छ । गच्छदारको मनोनयनस“गै कांग्रेसमा दुई जना उपसभापति भएका छन् ।
उनले पार्टीको विधान केही होइन, सभापति नै सबैथोक हो भनेजसरी देउवाले जे मन लाग्यो त्यही गर्दै हिडनु दुःखद भएको  बताए । ‘सभापति विधानअनुसार चल्नुपर्छ । नगरी नहुने कुनै काम भए आवश्यकताअनुसार विधान संशोधन गरौंं भन्दा पनि म नै विधान हु“ भनेजसरी सभापतिज्यू प्रस्तुत हुनु अत्यन्तै चिन्ताजनक कुरा हो । त्यसले पार्टीको हित गर्दैन’ सिंहले भने ।
सिंहले पद, प्रतिष्ठा र कुर्सीका लागि जेसुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताए ।


No comments:

Post a Comment