Sunday, November 25, 2018

नेकपामा केन्द्रीय सदस्यहरूको कार्य विभाजन भोलि

काठमाडौं, ८ मंसिर– सत्तारूढः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजन सोमबार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकले सोमबार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो । 
बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार टुंगो लगाउने निर्णय भएको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
उनका अनुसार केन्द्रीय सदस्यको कार्य विभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गर्नेबारेमा छलफल भएको जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी थिए ।


No comments:

Post a Comment