Sunday, November 25, 2018

निर्मलाका हत्यारालाई सरकारले लुकायो, हामी पक्रन्छौं : विप्लब नेकपा

काठमाडौं, ८ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या गर्ने दोषीहरूलाई सरकारले लुकाएर संरक्षण दिइरहेको आरोप लगाएको छ ।
पार्टी पुनगर्ठनको पा“चौ वार्षिकोत्सवमा राजधानीमा शनिबार बृहत् ¥यालीपछि आयोजित सभामा बोल्दै नेकपाका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्माले निर्मला हत्याका दोषीहरूलाई आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताए ।
‘अपराधीलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्दैनौं । हाम्रो पार्टीले निर्मलाका हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्छ’ उनले भने ।
उनले महिला हिंसा, बलात्कार र हत्याका घटनाले आमजनता आजित भइसक्दा पनि सरकार आ“खा चिम्लिएर बसेको बताए । विश्वकर्माले ‘हिजो भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीको सरकार वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुकदर्शक भएर बसेको आरोपसमेत लगाए ।
उनले आफ्नो पार्टी र नेता तथा कार्यकर्तालाई आतंककारी प्रमाणित गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए । उनले आमजनताको पक्षमा काम गरिरहेको आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई आतंककारीलाई जसरी पक्राउ गरेर दुःख नदिन सरकारलाई चेतावनी दिए ।


No comments:

Post a Comment