Monday, November 19, 2018

राष्ट्रसंघका विशेष प्रतिवेदक भोलि आउँदै

काठमाडौं, १ मंसिर– महिला हिंसाविरुद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको दसदिने भ्रमणमा सोमबार काठमाडौं आइपुग्दै छिन् ।
राष्ट्रसंघीय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिका अनुसार उनले भ्रमणका क्रममा लिंगका आधारमा महिलाविरुद्ध हुने हिंसा, भेदभाव, शारीरिक रूपमा असक्षम महिला, आदिवासी, शरणार्थी महिला, आप्रवासी तथा ग्रामीण एवं सुदूर भेगका महिलाका अवस्थाबारे जानकारी लिने छिन् ।
केन्द्रका अनुसार राष्ट्रसंघीय मानव अधिकार परिषदबाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटिएकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरुद्धका नेपालका कानुन र नीति नियमबारे जानकारी लिनुका साथै उच्च सरकारी अधिकारीहरूस“ग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।
उनले राष्ट्रसंघमा आबद्ध निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय नियोग, नागरिक समाज, मानवअधिकार आयोग, हिंसाबाट जोगिएका नागरिकहरूस“ग समेत छलफल गर्ने छिन् । उनले आफ्नो प्रतिवेदन आगामी वर्ष मानव अधिकार परिषद प्रस्तुत गर्नेसमेत केन्द्रले उल्लेख गरेको छ ।

No comments:

Post a Comment