Tuesday, November 6, 2018

पूर्ववन अधिकृतसँग २ करोड अवैध सम्पत्ति

काठमाडौं, १९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंहले सरकारी सेवामा रह“दा गैरकानुनी रूपमा १ करोड ९१ लाख रुपैया“ सम्पत्ति आर्जन गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार सिंह र उनको परिवारका सदस्यको चलअचल सम्पत्ति, सेयर लगानी, बिमा, बैंक मौज्दात ३ करोड ५१ लाख ८२ हजार रुपैया“बराबर छ । त्यसमध्ये १ करोड ६० लाख २१ हजार वैध आम्दानी देखिएको र १ करोड ९१ लाख ६१ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
सिंहले गैरकानुनी रूपमा आर्जन गरी श्रीमती गीतादेवी, छोराहरू अनुपकुमार र अचलकुमारको नाममा सम्पत्ति राखेको उल्लेख गर्दै अख्तियारले उनीहरूविरुद्ध समेत मतियारका रूपमा मुद्दा चलाएको छ । अवैध सम्पत्ति जफत गर्न र सिंहलाई एक वर्ष जेल सजाय गर्न अख्तियारले माग गरेको छ ।


No comments:

Post a Comment