Monday, July 2, 2012

सचिव कार्कीको अवकास भोलि

काठमाडौं, १८ असार- कानुन आयोगका सचिव प्रमोदकुमार कार्कीले मंगलबार अनिवार्य अवकास पाउँदैछन् । कानुन सचिव कार्कीले ५८ वर्ष उमेर पूरा गरी अवकास पाएका हुन् । उनी सोमबार नै आयोगबाट औपचारिक रुपमा बिदाइ भएका छन् । उनी २८ वर्ष २ महिना सरकारी सेवामा रहेका थिए ।
कार्कीले अवकास पाएपछि रिक्त भएको पदमा कानुन सेवाका सबभन्दा वरिष्ठ सहसचिव राजेन्द्रकिशोर क्षेत्री बढुवा हुनेछन् । विद्यमान कानुनी व्यवस्थाअनुसार प्रधानन्यायाधीश खिलराज रेग्मी अध्यक्ष रहेको न्याय सेवा आयोगको सिफारिसमा सरकारले क्षेत्रीलाई कानुन सचिव बढुवा गरी पदस्थापना गर्नेछ । कानुन सेवामा सबभन्दा वरिष्ठ सहसचिवलाई नै बढुवा गर्ने परम्परा छ यही परम्पराअनुसार वरिष्ठताका हिसाबले क्षेत्री सचिवमा बढुवा हुनेछन् ।

No comments:

Post a Comment