Friday, July 13, 2012

नेविसंघका संस्थापक खतिवडा रहेनन्

काठमाडौं, २९ असार- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका संस्थापक सदस्य एवं प्राध्यापक डा। पुष्पराज शर्मा खतिवडाको निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित खतिवडाको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । 
विराटनगर-१६ मा २००५ सालमा जन्मेका खतिवडाले मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सकि्रय भूमिका निर्वाह गरेका थिए । खतिवडाका पत्नी एक छोरा र एक छोरी छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले खतिवडाको निधनले आफूलाई स्तब्ध र दुःखित तुल्याएको उल्लेख गर्दै उनले लोकतन्त्रको स्थापनाको संघर्षमा पुर् याएको योगदान मुलुकको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् । उनले शुक्रबार वक्तव्य जारी गरी खतिवडाको निधनमा गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति कांग्रेस र आफ्नातर्फबाट हार्दिक समवेदन प्रकट गरेका छन् ।

असार २९ २०६९
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका संस्थापक सदस्य विराटनगर उपमहानगरपालिका वडा नं। १६ निवासी प्रा।डा। पुष्पराज शर्मा खतिवडाको हिजो असार २८ गते उपचारका क्रममा भारतको एपोलो अस्पतालमा निधन भयो । उहाँ ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । वि।सं। २००५ सालमा जन्मनु भएका स्वर्गीय खतिवडाले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सकि्रय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ लामो समयसम्म शिक्षण पेशामा पनि संलग्नु रहनु भएको थियो । स्वर्गीय खतिवडाकी श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । स्व। खतिवडाको हिजो नै भारतको दिल्लीमा अन्तिम संस्कार गरियो । 

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रा।डा। पुष्पराज शर्मा खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ- 
'प्रा।डा। पुष्पराज शर्मा खतिवडाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । उहाँले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा पुर् याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।'

उहाँको निधनमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 


वसन्तकुमार गौतम
मुख्य सचिव

No comments:

Post a Comment