Thursday, July 12, 2012

चार सहसचिव सचिवमा बढुवा

सिलवाल र तामाङको बढुवामा वरिष्ठता मिचियो
पहिलो तामाङ सचिव

काठमाडौं, २८ असार- सरकारले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयसहित विभिन्न चार निकायमा रिक्त सचिवमा बढुवा समितिले सिफारिस गरेका १२ सहसचिवमध्येबाट चार जनालाई पदोन्नति गरेको हो ।
सूचना तथा साचार मन्त्री राजकिशोर यादवका अनुसार सचिव बढुवा भएकामा दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, सूर्य सिलवाल र धनबहादुर तामाङ छन् । शर्मा र उदास क्रमशः सुदूरपश्चिम र मध्यपश्चिममा कायममुकायम Ôेत्रीय प्रशासक तथा सिलवाल शान्ति कोष सचिवालयको कार्यकारी निर्देशक र तामाङ शान्ति मन्त्रालयमा सहसचिव थिए तामाङ कृषि सडक विकास विभागका महानिर्देशक भइसकेका व्यक्ति हुन् । बढुवा भएका सचिवहरुको पदस्थापना हुन बाँकी छ ।
सचिव बढुवा भएकामा प्रशासन समूहतर्फका तीन शर्मा, उदास, सिलवाल तथा प्राविधिक इन्जिनियर तर्फका तामाङ एक जनामात्र छन् । सचिव भएकामा दुई जना जनजाति उदास र तामाङ छन् । सरकारले चारमध्ये दुई सचिव शर्मा र उदासलाई कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताअनुसार बढुवा समितिले सिफारिस गरेको वरियताक्रम अनुसार नै बढुवा गरेको छ । शर्मा र उदास सिफारिस सूचीमा पहिलो र दोस्रो वरियतामा थिए । 
सिलवाल र तामाङलाई बढुवा गर्दा भने सरकारले वरियताक्रम मिचेको छ । सरकारले तेस्रोदेखि आठौं वरियताक्रममा रहेका शारदाप्रसाद त्रिताल, रमेशराज बिष्ट, सुमनप्रसाद शर्मा, नरेन्द्र दाहाल, उत्तमनारायण्ँ मल्ल, कृष्ण्ँप्रसाद आचार्यमध्ये कसैलाई बढुवा नगरी नवौं र दसौं वरियतामा रहेका क्रमशः सिलवाल र तामाङलाई बढुवा गरेको हो । त्रिताललाई सचिव बढुवाका लागि पाँचौंपटक सिफारिस हुँदा पनि सरकारले पदोन्नति गरेन । 
मुलुकको निजामती प्रशासनको इतिहासमा धनबहादुर पिछडिएको तामाङ जातिबाट सचिव हुने पहिलो व्यक्ति भएका छन् । लोकसेवा आयोगका सदस्य कृष्ण्ँ पोखरेलको अध्यÔतामा रहेको बढुवा समितिले चार सचिव बढुवाका लागि सिफारिस गरेका सहसचिवमा वरियताक्रमअनुसार दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, शारदाप्रसाद त्रिताल, रमेशराज बिष्ट, सुमनप्रसाद शर्मा, नरेन्द्र दाहाल, उत्तमनारायण्ँ मल्ल, कृष्ण्ँप्रसाद आचार्य, सूर्य सिलवाल, धनबहादुर तामाङ, भूपेन्द्र बस्नेत र भोला शिवाकोटी थिए ।
सचिवहरु रामहरि अर्याल, आनन्द पोखरेल, पुरुÈाेत्तम ओझा, अर्जुनबहादुर भण्डारी ५८ वÈ्र उमेर पूरा गरी अनिवार्य अवकास पाएकाले चारवटा पद रिक्त भएको थियो । हाल प्रधानमन्त्री कार्यालयमा एक जना सचिव Ôेत्रीय प्रशासन कार्यालय सुदूर पश्चिम, मध्यपश्चिम र पश्चिमा Ôेत्रीय प्रशासक सचिव पद रिक्त छ ।
विश्व बैंक र कुबेत फन्डले साढे १० अर्ब सहयोग गर्ने
विश्व बैंकले सुनौलो हजार दिन कार्यक्रमका लागि ३ अर्ब ४८ करोड तथा पुल सुधार तथा मर्मत कार्यक्रका लागि ५ अर्ब ३१ करोड तथा कुबेत फन्डले ६ सय मेगावाट क्षमताको बुढी गण्डकी जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन तथा निर्माण कार्य सुरु गर्न १ अर्ब ५८ करोड ४० लाख रुपैयाँ ऋण्ँ सहयोग गर्ने भएका छन् । मन्त्रिपरिषदले ती दुवै दाताको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बजेटबारे छलफल
मन्त्रिपरिषद बैठकमा पूर्ण नभई आंशिक या तृतीयांश बजेट ल्याउनेबारेमा छलफल सुरु भएको छ । अर्थसचिव कृष्ण्ँहरि बास्कोटाले बजेटको तयारीबारे मन्त्रिपरिषदलाई जानकारी गराएका थिए । साचारमन्त्री यादवले सरकारले पूण्र्ँ बजेट नल्याउने जानकारी गराउँदै संविधानसभा चुनाव र सेना समायोजनका लागि रकम विनियोजन गर्ने विशेष व्यवस्था गरी पूर्ण बजेटको सट्टा तृतीयांश वा आिशंक बजेट ल्याउनेबारमेा छलफल सुरु भएको बताए ।

No comments:

Post a Comment