Thursday, July 19, 2012

िसंहदरबारभित्रै चोरको बिगबिगी

चार्ने कर्मचारीलाई कारबाही नगरी बचाउने प्रवृत्तिका कारण चारीका घटनामा बढ्दो
बलराम बानियाँ/सुरज कुँवर
काठमाडौं, ४ साउन- मुलुकमै सबभन्दा बढी सुरक्षा घेराभित्र रहेको र चारैतिर मान्छे आउजाउको नियमित रुपमा अनुगमन सीसीटीभीसमेत भएको मुलुकको केन्द्रीय सचिवालय िसंहदरबारभित्रै चोरीेको बिगबिगी छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सचिवालयभित्र रहेका विभिन्न मन्त्रालय र निकाय गरी ४७ वटा कार्यालय श्रृंखलाबद्ध रुपमा भइरहेका चोरीले आहत छन् । कहिले मन्त्रालय र निकायका सामान चोरी हुन्छन् त कहिले कर्मचारीका व्यक्तिगत सामान ।
पछिल्लोपटक चोरीको चपेटामा परेको छ कृषि विकास मन्त्रालय । मन्त्रालयको दोस्रो तलामा रहेको लैंंगिक समता तथा वातावरण महाशाखाको बन्द कोठाभित्रबाट साँचो खोलेर कम्युटरको एक थान एलसीडी सोमबार राति चोरी भएको छ । सात महिनाअघि ल्यापटप चोरी भएको मन्त्रालयमा सोमबार राति दोस्रोपटक एलसीडी चोरी भएको हो । चोरले कम्प्युटरको सीपीयू भने त्यहीँ छाडेको छ । 
'सोमबार अपराह्न ५ बजेसम्म एलसीडी टेबुलमै थियो भोलिपल्ट बिहान १० बजे आउँदा त एलसीडी चोरी भइसकेछ' मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकृतले भने- 'सारा मन्त्रालयमा खोज्दा पनि एलसीडी फेला नगरेपछि मन्त्रालयका अधिकारीले सिहदरबारभित्रै रहेको िसंहदरबार सुरक्षा प्रहरी गणलाई चोर पत्ता लगाउन आग्रह गरेको छ ।' ती अधिकृतका अनुसार सात महिनाअघि मन्त्रालयबाट जापानी सहयोग नियोग जाइका को ल्यापटप चोरी भएको थियो । त्यसअघि पनि मन्त्रालयबाट ३ थान पानी तताउने इलेक्ट्रिक जग चोरी भएका थिए ।
िसंहदरबार पुनर्निर्माण सचिवालयका एक अधिकारीअनुसार केन्द्रीय सचिवालयभित्र चोरको बिगबिगी नै छ । सबभन्दा बढी गमला, फूल. मिनरल वाटरका जार, बोत्तल. इलेक्ट्रिक जग चोरी हुनु त सामान्य नै भइसकेको छ । गमला र फूल त भीआईपी सचिव सहसचिवसहितका गाडीवाल हाकिम ले नै गाडीमा हालेर घरमा लाने गर्छन् । ुराम्रा फूल र फूलका गमला देख्नासाथ भीआईपीहरु आफ्ना सहयोगी लगाएर गाडीमा हाल्न लगाउँछन् र लान्छन्ु बगैंंचेहरुको भनाइ उद्धृत गर्दै सचिवालयका एक अधिकारीले भने ।
िसंहदरबारको सुरक्षाका लागि िसंहदरबार सुरक्षा प्रहरी गण नेपाली सेनाको नारायण दल गण र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिवको संयोजकत्वमा िसंहदरबार सुरक्षा व्यवस्था समितिमात्र होइन चारवटै प्रवेशद्वार र विभिन्न रणनीतिक ठाउँमा गरी एघार ठाउँमा सीसीटीभी जडान गरिएका छन् । िसंहदरबार सुरक्षा प्रहरी गणले सीसीटीभीले चौबीसै घन्टा खिच्ने गतिविधिको अवलोकन गर्ने गर्छ । यति हुँदा पनि िसंहदरबारभित्र चोरीका घटना बढ्दै गएका छन् ।
िसंहदरबारभित्रका चोरीमा सरकारी कर्मचारीसमेत संलग्न हुने गरेको तर हाकिमले चोरलाई कारबाही नगरी बचाउने प्रवृत्तिका कारण चोरी बढ्दै गएको सरकारी अधिकारीहरु नै बताउँछन् । िसंहदरबारभित्र रहेको संसदको साँचो लगाएर राखिएको पुरानो भवनभित्रबाट दुइटा प्रोजेक्ट चोरी भए चोर्ने कर्मचारी पनि पत्ता लागे । तर कारबाही नगरी बचाइयो । त्यसैगरी संसद सचिवालय अगाडि रहेको माछापुच्छ्रे बैंकको एटीएम रहेको ठाउँको सीसीटीभी नै एक सैनिक जवानले सात महिनाअघि चोरी गरे । चोर्ने सैनिक जवानको पत्तो लाग्यो तर आन्तरिक कारबाहीको नाममा जवानलाई जोगाइयो । तीन महिनाअघि प्रधानमन्त्री कार्यालयका उपसचिव नारायण तिम_िल्सनालाई कार्यालय परिसरमा रहेको मोटरसाइकलको टायर र विभिन्न पार्टपुर्जा चोरी गरेर लाँदालाँदै िसंहदरबारभित्रकै प्रहरीले पक्राउ गरे तर उनलाई कारबाही नगरी उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइयो तर उनीमाथि कारबाही भएन । ुचोर्ने व्यक्तिलाई कुनै कारबाही नगरी बचाउने प्रवृत्तिका कारण चोरीका घटना बढ्दै गएको होु एक अधिकारीले भने । िसंहदरबारभित्र भवनलगायतका निर्माणका काममा संलग्न ठेकेदारका निर्माण सामग्री फर्मालगायतका सामानसमेत चोरी हुने गरेका छन् । 
िसंहदरबार सुरक्षा प्रहरी गणका प्रमुख प्रज्ज्वल महर्जनका अनुसार सिहदरबारभित्रका कार्यालयबाट औसत चार महिनाको अन्तरमा एउटा÷दुइटा चोरी भएको उजुरी आउने गरेको बताउँछन् । 'प्रायशः विद्युतीय उपकरणलगायतका सामान रातको समयमा चोरी हुन्छन् । गणमा यसअघि अर्को ल्यापटप हराएको उजुरी परेको थियो' महर्जनले भने ।
िसंहदरबारभित्र प्रवेश गर्दा झोला र गाडी चेक गर्ने गरिन्छ तर फर्कंदा झोला र गाडीभित्र र डिक्कीको जाँच गर्ने गिरंदैन । 'यही कारण चोरीका घटना भइरहेका हुन्' एक अधिकारीले भने । हाल दैनिक साढे चार सय सर्वसाधरण आगन्तुक पास लिई सिहदरबारभित्र प्रवेश गर्छन् भने ४७ वटा कार्यालयमा हजारौं कर्मचारी काम गर्छन् । िसंहदरबारभित्र हुने गरेका चोरी नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई अझ आधुनिकीकरण र व्यवस्थित गर्नुपर्ने आवश्यकता बढेको सचिवालयका अधिकारी बताउँछन् ।

No comments:

Post a Comment