Monday, July 2, 2012

लडाकुको छनौट प्रकि्रया असार २० देिख

काठमाडौं, १८ असार- सरकारद्वारा गठित भर्ना छनौट समितिले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न यही असार २० गतेदेखि छनौट प्रकि्रया सुरु गर्ने भएको छ । लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको संयोजकत्वमा गठित भर्ना छनौट समितिको सोमबार बसेको बैठकले समायोजन रोजेका लडाकुको छनौट प्रकि्रया यही २० देखि गर्ने निर्णय गरेको हो । अनमिनले प्रमाणीकरण गरेका सेना १९ हजार ६ सय २ लडाकुमध्ये ३ हजार १ सयले मात्र समायोजन रोजेका थिए ।
नेपाली सेनाका अधिकारीले माओवादी लडाकु रहेका शिविरभित्र गएर यही २० गतेदेखि शारीरिक तन्दुरुस्ती जाँच्ने र स्वास्थ्य जाँच बेरिङ परिक्षा सुरु गर्नेछन् । लडाकुहरुको शारीरिक तन्दुरुस्ती जाँच्ने र स्वास्थ्य जाँच सेनाका अधिकारीले गर्ने जानकारी रक्षा मन्त्रालयका प्रवक्ता एवं भर्ना छनौट समितिका सदस्य द्वारिका आचार्यले खिए ।
आचार्यका अनुसार शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचबाट छानिएका लडाकुको लिखित तथा मौखिक परिक्षा भने भर्ना छनौट समितिले लिनेछ । लिखित तथा मौखिक परिक्षा लडाकुको योग्यता र उनीहरु सेनामा प्रवेश गर्ने तहअनुसार फरक फरक लिइने जानकारी रक्षा मन्त्रालयका अधिकारीले दिए ।
शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँच सकिनासाथ भर्ना छनौट समितिले लिखित तथा मौखिक परिक्षा लिएर समायोजन हुने लडाकुको छनौट गर्नेछ । माओवादी लडाकुको शिविर सेनाको मातहतमा लगिए भने दलहरुबीचको विवादले समायोजन प्रकि्रया अघि बढेको थिएन । सरकारले समायोजन प्रकि्रया पूरा गर्न सेना समायोजन विशेष समितिमा यसअघि भएको सहमतिअनुसार एकलौटी रुपमा छनौट प्रकि्रया अघि बढाउन लागेको हो ।

No comments:

Post a Comment