Tuesday, July 3, 2012

रिक्त चार सचिवमा बढुवाका लागि प्रकि्रया सुरु

काठमाडौं, १९ असार- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित विभिन्न निकायमा रिक्त चार सचिव विशिष्ट श्रेणी मा बढुवाका लागि प्रकि्रया सुरु गरेको छ । सरकारको आग्रहमा चार सचिवमा पदोन्नतिका लागि लोकसेवाका आयोगका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा सोमबार बैठक बसेर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा रिक्त पदभन्दा तेब्बर संख्यामा सहसचिवको नाम सिफारिस गर्न प्रकि्रया सुरु गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीले दिए ।
बढुवा समितिको पुनः छिट्टै बस्ने बैठकले रिक्त चार सचिवमा बढुवाका लागि पाँच वर्ष सेवा अवधि पुगी पदोन्नतिका योग्य भएका सहसचिवमध्ये कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा १२ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । निजामती ऐनअनुसार सरकारले सिफारिस १२ सहसचिवमध्येबाट चार जनालाई सचिवमा बढुवा गर्नेछ ।
पोखरेलको अध्यक्षतामा रहेको बढुवा समितिमा लोकसेवाका सदस्य टिकादत्त निरौला लोकसेवाले तोकेको एक जना विज्ञ र मुख्यसचिव माधव घिमिरे सदस्य र सामान्य प्रशासन सचिव धरणीधर खतिवडा सदस्यसचिव छन् । बढुवा समितिको पुनः छिट्टै बस्ने बैठकले सचिवमा पदोन्नतिका लागि १२ जना सहसचिवको नाम सिफारिस गर्नेछ ।
चार सचिव बढुवाका लागि समितिले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा सहसचिवहरु दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, शारदाप्रसाद त्रिताल, रमेशराज बिष्ट, सुमनप्रसाद शर्मा, नरेन्द्र दाहाल, उत्तमनारायण मल्ल, कृष्णप्रसाद आचार्य, सूर्य सिलवाल, शिवबहादुर रायमाझी, शरदचन्द्र पौडेल र लक्ष्मणप्रसाद भट्टराई सिफारिस गर्ने सम्भावना रहेको जानकारी सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिए ।
सचिवहरु रामहरि अर्याल, आनन्द पोखरेल, पुरुषोत्तम ओझा, अर्जुनबहादुर भण्डारी ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएकाले चारवटा पद रिक्त भएको छ ।   हाल प्रधानमन्त्री कार्यालयमा एक जना सचिव क्षेत्रीय प्रशासन कार्यालयहरु सुदूर पश्चिम. मध्यपश्चिम र पश्चिममा क्षेत्रीय प्रशासक सचिव रिक्त छन् । सुदूर पश्चिममा दुर्गानिधि शर्मा र मध्यपश्चिमा ज्ञानदर्शन उदास कामु क्षेत्रीय प्रशासक छन् पश्चिमााचलमा सहसचिव निमित्त क्षेत्रीय प्रशासक छन् ।
सहसचिवमा विशेष बढुवा
यसैबीच बढुवा समितिले उपसचिवमा १५ वर्ष सेवा अवधि पूरा गरेका सामान्य प्रशासन मन्त्रालयका गंगाराम गेलाललाई सहसचिव विशेष मा बढुवा गरेको छ । निजामती ऐनको २४ घ मा उपसचिवमा १५ वर्ष सेवा अवधि पुगेपछि सहसचिव विशेष मा बढुवा हुन पाउने प्रावधान छ । गेलाल निजामती सेवाको प्रशासन समूहतर्फ विशेष बढुवा पाउने पहिलो व्यक्ति हुन् ।


No comments:

Post a Comment