Tuesday, July 31, 2012

पौडेल बढुवाको विरोधमा अर्का सचिव मैनालीद्वारा राजिनामा


काठमाडौं, १६ साउन- लोकसेवा आयोगका सचिव श्याम मैनालीले निजामती सेवा ऐनविपरीत मन्त्रिपरिषदद्वारा कनिष्ठ सचिव लीलामणि पौडेललाई मुख्यसचिवमा बढुवा गरिएकामा असन्तुष्टि प्रकट गर्दै राजिनामा दिएका छन् ।
कनिष्ठलाई बढुवा गरिएकामा असन्तुष्टि प्रकट गर्दै चार सचिवले राजिनामा दिएको भोलिपल्ट मंगलबार अपराह्न वरिष्ठताको चौथो वरियतामा रहेका अर्का पाँचौं सचिव मैनालीले आयोगको कार्यकक्षमा मंगलबार पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन् ।
उनले मुख्यसचिव नियुक्ति गर्ने प्रकि्रयामा विगतदेखिका सरकारले वरिष्ठता मिची स्वविवेकमा गर्ने गरेको स्वेच्छाचारी परम्परालाई यसपटकसमेत निरन्तरता दिइएको र सरकारको यो निर्णय अव्यावहारिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेका छन् । उनले कानुन पद्धति र मूल्यमान्यताविपरीत बढुवा गरिएकाले कनिष्ठ व्यक्तिलाई स्वीकार गरी कार्यरत रहन आफ्नो स्वभिमानले र नैतिकताले नदिएकाले आफूले पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
उनले मंगलबार नै आफ्नो राजिनामापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएका छन् । उनले ५८ वर्ष उमेर पुगी सेवाबाट अवकास पाउन २१ दिनअघि राजिनामा दिएका हुन् । उनले ५८ वर्ष उमेर पुगी साउन ४ मा अनिवार्य अवकास पाउँछन् । 
उनले निजामती सेवा ऐनको दफा १९ मा बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा मुख्यसचिव बढुवा गर्ने व्यवस्थाविपरीत आठौं वरियतामा रहेका पौडेललाई बढुवा गरिएको र त्यसले निजामती प्रशासनको मनोबल नै कमजोर हुने गरी ज्येष्ठताको उपहास गरेको उल्लेख गरेका छन् । 
उनले कानुनमा प्रस्ट रुपमा ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गर्ने व्यवस्था भएकाले कार्यकुशलताका आधारमा मात्र बढुवा गर्न कानुनी रुपमा नै नमिल्ने उल्लेख गर्दै पौडेल अरु कार्यकुशलतामा राम्रा छन् भन्ने आधारमा के भन्ने प्रश्नसमेत उठाएका छन् ।
वेस्ट मिनिस्ट्रियल शासन मोडल भएका मुलुक र नेपालको निजामती ऐनमा प्रस्ट रुपमा ज्येष्ठता र कार्यकुशलताका आधारमा मात्र मुख्यसचिव बढुवा गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले राजिनामापत्रमा पौडेललाई नै बढुवा गर्नु थियो भने सरकारले कानुन नै संशोधन गरेर कनिष्ठलाई बढुवा गर्ने व्यवस्था गर्नुपथ्र्यो भनेका छन् । ुनिजामती ऐनमा कनिष्ठलाई मुख्यसचिवको जिम्मेवारी दिने परिकल्पना नै गरिएको छैनु उनको राजिनामापत्रमा छ ।
कनिष्ठलाई मुख्यसचिमा बढुवा गरिएको विरोधमा सोमबार चार सचिव निर्वाचन आयोगका शंकर कोइराला, सूचना तथा साचार मन्त्रालयका अवनीन्द्रकुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती र गृह सचिव सुशीलजंग राणाले राजिनामा दिइसकेका छन् ।

No comments:

Post a Comment