Thursday, July 26, 2012

पूर्वप्रधानमन्त्री नेपाल र पूर्वसभामुख पौडेलद्वारा सुविधाको गाडी फिर्ता

काठमाडौं, ११ साउन- आजीवन सुविधाको चर्को विरोध हुन थालेपछि पूर्वविशिष्ट पदाधिकारीहरुले आफूहरुले सरकारबाट लिएको गाडीलगायतका सुविधा फिर्ता गर्न थालेका छन् । एमालेका नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतले राज्यबाट पाएको गाडीलगायतको सुविधा बिहीबार फिर्ता गरेका छन् ।
सरकारले विशिष्ठ व्यक्तित्वलाई आजीवन आवास गाडी लगायतका सुविधा दिने निण्र्ँयको व्यापक आलोचना हुन थालेपछि नेपाल र पौडेलले सुविधाको गाडी फिर्ता गरेको स्रोतले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री नेपालले बा ६ च १०३० नं।sाे ल्यान्डक्रुजर प्राडो र पौडेलले बा।१।झ ८५१० नम्बरको स्कपिर्यो गाडी मुख्यसचिव माधव घिमिरेलाई बुझाएका छन् । नेपाल र पौडेलले सरकारबाट गाडी र इन्धन सुविधामात्र लिएका थिए सचिवालयलगायतका सुविधा लिइसकेका थिएनन् ।
यसअघि नै पार्टीको विस्तारित बैठकमा विरोध भएका कारण एमाओवादीका अध्यÔ पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारबाट पाएको बा ६ च १०२९ नं। को ल्यान्डक्रुजर प्राडो गाडी सरकारलाई फिर्ता गरिसकेका छन् ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र झलनाथ खनालले सरकारबाट लिएको ल्यान्डक्रुजर प्राडो गाडी तथा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र सुवासचन्द्र नेम्वाङले स्कर्पियो गाडीलगायतको सुविधा फिर्ता गरेका छैनन् ।
त्यसैगरी अबहुदलपछिका पूर्वप्रधानन्यायाधीशहरु विश्वनाथ उपाध्याय, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप शर्मा, रामप्रसाद श्रेष्ठसहित १५ जनाले पनि सरकारबाट लिएको फोर्ड गाडी चालक इन्धन मर्मत खर्चलगायतको सुविधा फिर्ता गरेका छ्रैनन् ।

No comments:

Post a Comment