Thursday, July 26, 2012

नागरिक समाजद्वारा आजीवन सुविधाको विरोधमा अनसन सुरु

काठमाडौं, ११ साउन- नेपाल नागरिक समाजले मुलुकले धान्न नसक्ने गरी पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी आवासलगायतका सुविधा दिने अध्यादेश खारेज गर्न सरकारसित माग गर्दै बिहीबारदेखि रिले अनसन सुरु गरेको छ ।
सरकारले अध्यादेश जारी गरी पूर्वराष्ट्रपति उपराष्ट्रपति पूर्वप्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख पूर्वगृहमन्त्रीहरुलाई दिइएको आजीवन गाडी इन्धन मर्मत खर्च र आवास सुविधा गरिब मुलुकको ढुकुटीले धान्न नसक्ने भन्दै समाजले त्यसको विरोधमा आन्दोलन सुरु गरेको हो ।
पहिलो दिनको आठ घन्टा पूर्वसचिव तथा समाजका अध्यÔ खेमराज रेग्मीको नेतृत्वमा उपाध्यक्ष गौरी चौधरी तथा सदस्यहरु मोहन शर्मा कट्टेल धन खतिवडा सर्मिला पण्डित Ôेत्री इन्द्रकुमार रुेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यÔ दीपक थापा रिले अनसन बसेका थिए । दोस्रो चरणको आठ घन्टा समाजका महासचिव डीपी अर्याल गंगा अधिकारी वेदराज ज्ञवाली वसन्त घिमिरे अनिल झा मुकुन्द सुवेदी कल्पना खड्का रिले अनसनमा बसे ।
राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सुरु रिले अनसनलाई विभिन्न पेसागत संघसंस्थाका अगुवाले ऐक्यबद्धता प्रकट गरेका छन् । अध्यÔ रेग्मीले मुलुकमा संवैधानिक संकट गहिरिँदो अवस्थामा रहेको र राजनीतिक अन्यौल बढ्दै गएको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिएर राजनीतिलाई समाज सेवाभन्दा व्यवसायतर्फ उन्मुख गराउनु आपत्तिजनक भएकाले समाज त्यसलाई खारेज गराउन आन्दोलनमा उत्रिएको बताए ।
अनसनप्रति ऐक्यबता जनाउँदै नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्ण्ँु निष्ठुरी नेपाल प्राध्यापक संघका महासचिव रामेश्वर उपाध्याय र वरिष्ठ पत्रकार युवराज घिमिरे पूर्वनिर्वाचन आयुक्त वीरेन्द्र मिश्र पत्रकार पुरुषोत्तम शिक्षक युनियनका पूर्व अध्यक्ष मोहन ज्ञवाली प्राध्यापक संघका पूर्वअध्यक्ष विनोदकुमार श्रेष्ठले मुलुक संविधान पाउन नसकेर अनिण्र्ँयको बन्दी भइरहेको अवस्थामा आमनागरिकलाई बेवास्ता गर्दै राज्यको ढुकुटी सिध्याउने खेलमा सरकार लाग्नु आश्चर्यको िवÈय भएको बताए । 
प्रजातन्त्रवादी प्राध्यापक संघ उपभोक्ता माच शिव सेना नेपाललगायतका विभिन्न संघसंस्थाले समेत रिले अनसनप्रति ऐक्यबद्धता जनाउँदै पूर्वविशिष्ट पदाधिकारीको आजीवन सुविधा खारेज हुनुपर्ने माग गरेका थिए । दोस्रो दिन शुक्रबार समाजका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहसचिव उमेश मैनालीको नेतृत्वमा रिले अनसन बस्ने कार्यक्रम छ ।
सरकारले अध्यादेशमा पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति पूर्वप्रधानमन्त्रीलाई आजीवन विलाशी गाडी चालक इन्धन मर्मत खर्च अतिथि सत्कार तथा मसलन्द खर्च महिनाको ५० हजार रुपैयाँका दरले आवास सुविधा शाखा अधिकृत दुई जना कार्यालय सहायक र दुई जना कार्यालय सहयोगी रहेको सचिवालय सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । अध्यादेशअनुसार बहुदल पुनर्बहालीपछिका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा लोकेन्द्रबहादुर चन्द सूर्यबहादुर थापा पुष्पकमल दाहाल माधवकुमार नेपाल र झलनाथ खनालले सरकारबाट उक्त सुविधा लिइरहेका छन् । राजधानीमा महल र निजी गाडी भएका देउवा चन्द थापा र खनालले समेत आवास र गाडी सूविधासमेत लिएका छन् । यसैबीच पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपालले सुविधाको गाडी फिर्ता लिइसकेका छन् ॥
अध्यादेशअनुसार बहुदलपछिका पूर्वप्रधानन्यायाधीशहरु विश्वनाथ उपाध्याय केशवप्रसाद उपाध्याय हरिप्रसाद शर्मा दिलीपकुमार पौडेल गोविन्दबहादुर श्रेष्ठ ओमभक्त श्रेष्ठ मोहनप्रसाद शर्मा केदारप्रसाद गिरी मीनबहादुर रायमाझी अनुप शर्मा रामप्रसाद श्रेष्ठसहित १५ जनालाई आजीवन फोर्ड गाडी चालक इन्धन मर्मत खर्च र नायव सुब्बासहितको सचिवालय सूविधा प्रदान गरिसकिएको छ ।
त्यसैगरी सरकारले अध्यादेशअनुसार पूर्वसभामुखहरु सुवासचन्द्र नेम्वाङ रामचन्द्र पौडेल र तारानाथ रानाभाटलाई आजीवन स्कर्पियो गाडी चालक इन्धन मर्मत खर्च र नायव सुब्बासहितको सचिवालय सुविधा प्रदान गरिसकेको छ । पूर्वगृहमन्त्रीहरुलाई आजीवन गाडी चालक इन्धन र मर्मत खर्च दिने व्यव ःथा अध्यादेशमा गरिएको छ । यसैबीच पूर्वसभामुख पौडेलले बिहीबार नै सुविधाको गाडी फिर्ता गरेका छन् । तर सरकारले पूर्वगृहमन्त्रीहरुलाई उक्त सुविधा प्रदान गर्न भने बाँकी छ ।

No comments:

Post a Comment