Tuesday, July 10, 2012

पदस्थापन नहुँदा सात सहसचिवले तलबसमेत पाएनन्

काठमाडौं, २६ असार- कृषि मन्त्रालयले बढुवा भएका ७ प्राविधिक सहसचिव पदस्थापन नगिरंिदंदा ५ महिनादेखि कामविहीन भएका छन् । पदस्थापन नभएका कारण उनीहरुले माघदेखि तलबसुविधासमेत पाएका छैनन् । 
पदस्थापन नहुँदा मन्त्रालयमा हाजिर गरेर समय बिताउने गरेको एक सहसचिवले बताए । कृषि विज्ञ सहसचिवलाई दायित्व निदंदा मुलुक र कृषि मन्त्रालयकै काममा नकारात्मक असर परेको छ । बढुवा भए पनि पाँच महिनादेखि पदस्थापन नभएका सहसचिवहरुमा कृषि प्रसार समूहका बलराम कोइराला, निरु दाहाल, कृषिका हरिबाबु तिवारी, कृष्णप्रसाद पन्त, बागबानी समूहका गजेन्द्रसेन निरौला, महेन्द्रमान श्रेष्ठ र सूर्यप्रसाद पौडेल छन् । 
निजामति सेवा ऐनमा कुनै पनि कर्मचारीलाई २ महिनाभन्दा बढी काम नदिई राख्न नमिल्ने व्यवस्था छ । तर पाँच महिनासम्म सात सहसचिवलाई पदस्थापन गरी दायित्व नदिनु र तलबभत्तासमेत नदिनु कानुनविपरीत रहेको दाबी कृषि मन्त्रालयका एक अधिकारीले दिए ।

No comments:

Post a Comment